संयोजक थापालाई पार्टीमा फर्किन मिश्रको आग्रह
काठमाडौं । विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी छाडेका अर्का संयोजक उज्जवल थापा समूहलाई फर्केर आउन आग्रह गरेका छन् । ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले वैकल्पिक पार्टी निमार्णका क्रममा आइपर्ने चुनौतीको सामना गर्दै संवाद मार्फत् समस्याको समाधान गर्न आग्रह गरेका हुन् ।
पार्टीको संगठन निर्माण लगायतका विषयमा आएको जटिलतालाई वार्ता मार्फत सम्बोधन गर्न सकिने मिश्रले बताए । संयोजक मिश्रले भने, ‘कुनै आग्रह, पूर्वाग्रह छैन। आउनुस् सँगै हिँडौं । संवाद नगरी हुँदैन। नजानेको यात्रामा सँगै हिँड्दा हाम्रा तर्फबाट पनि कमजोरी भयो होला, छोडेर जानुभएका साथीहरूबाट पनि कमजोरी भयो होला।’
सँगै हुँदा देश र बाहिर बस्ने साथीहरू उत्साहित भएको र अहिले छाडेर जाँदा उत्साहमा चिसोपन आएको मिश्रले बताए। नयाँ पार्टी दर्ता गर्न लागेकोमा मिश्रले थापालाई शुभकामना दिएका छन्। अहिले छुट्टिएको भए पनि हेरिराख्नुस् देश रूपान्तरण गर्ने हामी नै हुने छौं,’ मिश्रले दाबी गरे, ‘कुनै बिन्दुमा फेरि एक हुन्छौं।’
पार्टीको नाम विवेकशील साझा पार्टी नै
उनले अब पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने बताए। पार्टी आफ्नो मार्गबाट विचलित नभइकन अगाडि बढ्ने उनको भनाइ छ। हामी मूल्य मान्यतासहित अगाडि बढ्नेछौं। विधि र प्रक्रियासहित संगठन विस्तारमा लाग्नेछौं। सदस्यता विस्तार र नीतिपत्र बनाउन लाग्छौं,’ उनले भने।
मिश्रले पार्टी एकलौटी ढंगले संचालन गर्न खोजेको भन्दै अर्का संयोजक थापा नेतृत्वले निर्वाचन आयोगमा हिजो छुट्टै दल दर्ताका लागि निवेदन दिएको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












