नयाँ दिल्लीमा केपी ओलीविरूद्ध षडयन्त्र
काठमाडौँ । प्रधानमन्त्री केपी ओली नेतृत्वको दुई तिहाईको कम्युनिष्ट सरकार गठन भएको झण्डै एक बर्ष पुग्न लागेको छ । प्रधानमन्त्री ओलीले विगतका प्रधानमन्त्रीभन्दा फरक ढंगबाट जनतालाई विकास र समृद्धिको सपना देखाउदै आएका छन् । सपना देख्नेले मात्र इच्छा र चाहानाहरू पूरा गर्नसक्छ भन्ने कथनलाई प्रधानमन्त्री केपी ओली चरितार्थ गर्न खोज्दैछन् । प्रधामन्त्रीको यस्तो सोचको जसरी प्रशंसा भइरहेको छ त्यसको ठीक उल्टो सरकारका मन्त्रीहरू धमाधम भ्रष्टाचारमा मुछिदैछन् ।
सरकार गठन भएको एक बर्ष पुग्नलाग्दा जनचाहना अनुरुप खासै उपलब्धि देखिएन भनेर नेकपाबाटै आलोचना पनि हुन थालेको छ । प्रतिपक्षी दलहरूले त सरकारको खेदो खन्ने नै भए ।
आफ्नै पार्टी नेकपाबाट केपी ओली सरकारलाई असफलताको आरोप लगाउदै सत्ताबाट हटेको देख्न चाहनेहरू प्रकट भइरहेका बेला छिमेकी मुलुक भारतमा समेत ओली सरकारलाई चमडमेभन्दा चाडोभन्दा चाडो विस्थापित गर्न डीपी त्रिपाठी, श्यामशरण, टी हर्मिस र प्रणव मुर्खजीहरू जुर्मुराएको खबर नयाँ दिल्लीबाट प्रँप्त भएको छ ।
२०६२ मंसिर ७ गते तत्कालीन सात दल र नेकपा माओवादीबीच भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारीका सहयोगी भनेर नेपाली राजनीतिमा चिनिएका यी भारतीय पूर्व नोकरशाह तथा कूटनीतिज्ञहरूले २०७६ सालको असार साउनसम्ममा केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी गरेको दिल्लीस्थित स्रोतले बताएको छ । नेपालको राजनीतिमा भारतको हस्तक्षेपकारी भूमिका खोज्ने डीपी त्रिपाठी, श्यामशरण, टी हर्मिस र प्रणव मुर्खजीहरूले दुइतिहाईको ओली सरकारले भारतको हितमा काम नगरेका भन्दै सरकारको नेतृत्व नै फेरीदिने चलखेल गरिरहेको स्रोतको दाबी छ ।
भारतमा मोदी नेतृत्वको भाजपाको सरकारले यी महाशयहरूको कुरा खासै नसुन्ने भएकाले यिनीहरूलाई नेपालमा सरकारको नेतृत्व परिवर्तन गराउनका लागि आगामी अप्रिलसम्म पर्खिनु पर्ने हुन्छ । अप्रिलमा हुने भारतको आम चुनावपछि भारतीय कांग्रेसको सरकार बन्ने र त्यही सरकारको दबाबमा नेपालमा प्रधानमन्त्री फेर्ने सपना यिनीहरूले देखेको समाचार स्रोतको भनाई छ ।
भारतीय संस्थापन पक्षलाई नेपालमा हुने गरेका गतिविधिका बारेमा झकझकाउने र नेपालमा राजनीतिक उलटपलट गराउने मुख्य उद्देश्यय यी भारतीयहरूको पाल्दै आएको स्रोत बताउछ ।
यिनीहरूले केपी ओलीको सरकार चीनतिर बढी ढल्केको, नेपालमा चिनियाँ गतिविधिहरू बढिरहेको र भारतलाई यो सरकारले महत्व नदिएको कथाहरू हाल्दै साउथ ब्लकमा कुरा लगाउदै आएको दिल्लीस्थित स्रोत बताउछ ।
नयाँ दिल्लीमा दैनिक जसो आयोजना हुने कथित ‘थिङट्याङ्क’ मिटिङहरूमा नेपालका जानकारका रुपमा यिनीहरूले नेपालमा चिनियालगायत बाह्य शक्तिको प्रभाव कम गर्नुपर्ने कुरा खुलेआम बोल्दै आएको नयाँ दिल्लीस्थित साँघु स्रँेतले बताएको छ ।
यसै सन्दर्भमा काठमाण्डौमा सरकारी गाडी ड्राइभर र सुरक्षाकर्मीहरू सरकारले खोसेर एक्लो बनाइदिएपछि सर्लाहीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह रन्थनिएर नयाँ दिल्ली पुगेको संसद सचिवालय स्रोत बताउछ । उनले पनि केपी ओली सरकारको विरुद्धमा नानाभाँतिका कुरा आफ्ना भारतीय गुरुहरूलाई लगाइरहेको नयाँ दिल्लीस्थित राजदूतावास स्रोतले बतायो ।
यसैगरी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पनि यति बेला नयाँ दिल्ली दौडमा छन् । कोइरालाले पनि नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्रर मोदीसंग भेटघाट गर्नुका साथै उच्च तहका नेताहरूसंग भेटघाट गर्ने कोसिस गरिरहेको बताइएको छ । साँघु साप्ताहिक
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











