चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया जाने
एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्।
दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै हङकङबाट प्रकाशित हुने द साउथ चाइना मोर्निङ पोष्टले लेखेअनुसार आफ्नो पहिलो उत्तर कोरिया भ्रमणका लागि सी आगामी अप्रिलमा प्योङयाङ पुग्ने छन्।
यसअघि गत अक्टोबरमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले चिनियाँ राष्ट्रपति सीले छिटै उत्तर कोरियाको भ्रमण गर्ने बताएका थिए।
अप्रिल १५ मा मनाइने उत्तर कोरियाका संस्थापक किम जोङ सुङको जन्मदिनका अवसरमा सी प्योङयाङ पुग्ने छन्। ६ वर्षअघि चीनको राष्ट्रपति बनेका सीलाई प्योङयाङले धेरै पटक निम्तो पठाएको थियो। चीन र उत्तर कोरियाको दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगर्को अवसरमा सी उत्तर कोरिया जान लागेको बताइएको छ।
यसअघि उनी सन् २००८ मा प्योङयाङ गएका थिए। त्यतिबेला सी उपराष्ट्रपति थिए। सन् २००५ मा तत्कालीन राष्ट्रपति हु जिन्ताओको भ्रमणपछि चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गरेका छैनन्।
उत्तर कोरियाको भ्रमणपछि सीले मेमा दक्षिण कोरियाको भ्रमण गर्ने बताइएको छ।
यसअघि पुस २४ गते उत्तर कोरियाली नेता किम जोङ उन दोस्रो पटक बेइजिङ आएका थिए। बेइजिङमा उनले राष्ट्रपति सीसँग राजनीतिक भेटवार्ता गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन लागेको दोस्रो वार्तापछि नेता किमले चिनियाँ राष्ट्रपति सीलाई प्योङयाङ निम्त्याएका हुन्।
ट्रम्प-किम दोस्रो शिखर वार्ता फेब्रुअरीको मध्यतिर हुने भनिए पनि मिति र स्थानको टुंगो लागेको छैन। ट्रम्पले भियतनाममा वार्ता गर्न प्रस्ताव गरेका छन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












