उज्जल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको रविन्द्र पक्षको आरोप
काठमाडौँ । विवेकशील साझा पार्टीले उज्जल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको आरोप लगाएको छ ।
पार्टी फुटपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेको निश्कर्ष निकालेको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. सूर्यराज आचार्यले भने, ‘जसरी विवेकशील नेपाली दलका १६ जना अलग भएर जानुभयो । यसले एउटा समूह भवनात्मक रुपमा नजोडिएको र अलग दृष्टिकोण थियो भन्ने प्रष्ट भएको छ ।’
पार्टीलाई भावनात्मक रुपमा एक गराउन नसक्नु सामूहिक कमजोरी भएको उनले स्वीकार गरेका छन् । पार्टीमा देखिएको विश्वासको संकटलाई राजनीतिक रुपमा नभई संचनागत रुपमा सम्बोधन गर्न खोज्नु आफूहरुको कमजोरी भएको पनि उनले बताए ।
अलग हुने भएपछि हार्दिकका साथ छुटिन सकिने भएपनि नेताहरुले छापामार शैली अपनाएको उनको आरोप छ । ‘हामीले ३० गते छलफल गर्ने सोचेका थियौं तर, छापामारशैलमिा एकै पटक निर्वाचन आयोगमा दर्ता भयो रे भन्ने सूचना पायौं’ उनले भने ।
प्रवक्ता डा. आचार्यले पार्टी फुट्नु दुःखद भएको तर, आफू हतास भने नभएको दाबी गरे । ‘हामीलाई जनताले आशाको रुपमा हेरेका थिए, त्यसमा ठेस लाग्यो । हाम्रो चिन्ता यसमा हो’ उनले भने, ‘तर, हामी हतार भएका छैनौं, आफ्नो लक्ष्यमा दृढ छौं ।’
उज्वल थापा समूहले लगाएको ५ जना केन्द्रीय सदस्य थपेर आफ्नो पक्षमा बहुमत पुर्याउन खोेजेको, पेलेको जस्ता आरोपहरुको विवेकशील साझा पार्टीले खण्डन गरेको छ ।
प्रवक्ता आचार्य भन्छन्, यस्तो अंक गणितको राजनीति त हामीलाई थाहै छैन । पुरानो राजनीति त बरु छुटेर जाने साथीहरुले राम्रोसँग जान्नु भएको रहेछ ।’
बैठकले पार्टी फुटको समीक्षात्मक रिपोर्ट बनाउने जिम्मा पार्टी संयोजक रविन्द्र मिश्रलाई दिएको छ । साथै माघ १२ गते देशभरका प्रतिनिधिको राष्ट्रिय भेला बोलाइएको छ भने माघ तेस्रो साताबाट विशेष मधेस मिसन सञ्चालन गर्ने निर्णय भएको छ ।
केन्द्रीय समितिको बैठकले १५–१९ फागुन २०७६ मा महाधिवेशन गर्ने निर्णय समेत भएको छ । यस्तै प्रदेश १ को संयोजकमा अनिल भेटवाल तोकिएको प्रवक्ता आचार्यले जानकारी दिए । साथै पार्टीमा युवा र महिला संगठन बनाउने निर्णय गर्र्दै युवा संयोजकमा अब्दुस मियाँ र महिला संयोजकमा सोभिता परियारलाई नियुक्त गरेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












