कठ्याङ्ग्रिँदो चिसोमा पनि महिनावारी हुँदा खुला आकाशमुनि
हुम्ला । तापमान झरेर माइनस १० देखि १५ डिग्री सेल्सियससम्म पुग्दा पनि हुम्ला जिल्लाका महिला महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । संस्कार भन्दै छाउ हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा उनीहहरू खुला आकाशमुनिको चिसो रात कटाउन बाध्य छन् ।
हुम्लामा ७५ प्रतिशत महिलालाई महिनावारी भएको समयमा ३ देखि ५ दिन घरबाहिरै बस्नुपर्ने बाध्यता छ । सर्केगाड गाउँपालिका वडा ३ उनापानी गाउँकी सविता थापाले आफूहरु महिनावारी हुँदा पुस–माघको कठ्याङ्गग्रिँदो चिसोमा खुल्ला आकाशमुनि बस्दै आएको बताइन् ।
सामाजिक मान्यता र वर्षौंदेखि जरो गाड्दै आएको कुसंस्कारले गर्दा महिलाले महिनावारीका बेला यस्तो सास्ती खेप्नुपर्छ । उनापानी गाउँको बीचमा रहेको खाली जग्गामा रातको समयमा बालेको आगो ताप्दै बसेकी पञ्चकली भडेराले भनिन्म–‘अहिले ४४ वर्षकी भएँ । मेरो महिनावारी शुरु भएदेखि आजसम्म घरको आँगनमा यसरी आगोको भरमा बस्दै आइरहेकी छु ।’ फेरुवा र छालाको सानो लिप्टो ‘सानो टुक्रा’ ओछ्यान लगाएर पातलो कम्बल ओढेर आगो नजीक बसेकी फडेराले यो महिलाहरुको रहर नभएर बाध्यता भएको बताइन् ।
अन्य गाउँपालिकाका महिला भने महिनावारी ‘छुई’ हुँदा घरको जग छुन नपाए पनि गोठमा बस्दै आएका छन् । शिक्षित महिलाहरू पनि महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । फडेराले भनिन्–‘यो कुनै छोइछिटो वा छुवाछूतको कुरा होइन तर, यति कुरा थाहा हुँदा हुँदै पनि गाउँ समाजका अगाडि निरीह भएर बस्नुको कुनै विकल्प छैन ।’
बा¥ह उत्तीर्ण गरेकी उर्मिला रावतले यस्तो कुप्रथालाई मान्नु पर्दैन भनेर बहस गर्न खोज्दा समाजमा एक्लिने डरकै कारण चुप लागेर बस्नु पर्ने अवस्था रहेको दुःखेसो पोखिन् ।
उनापानि गाउँ जिल्लाकै शिक्षित गाउँका रुपमा चिनिएको भए पनि कुसंस्कारले जकडिएको परम्परा र धार्मिक अन्धविश्वासका कारण महिलाहरुले यो नियति भोग्नुपरेको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । चिसोका कारण यहाँका अधिकाँस महिला बाथ, दम, निमोनिया जस्ता रोगको शिकार बन्ने गरेका छन् । सर्केगाड गाउँपालिकामा मात्र नभएर जिल्लाका सातवटै गाउँपालिकामा यो चलन रहेको जिल्ला अस्पतालकी अनमी सरिता बोहराले बताइन् ।
सिमकोटमा पनि छाउपडीको विभेद
सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकामा पनि छुई हुँदाका बखत विभेद गरिन्छ । सिमकोट गाउँपालिकामा आठ वडा छन् । सिमकोट बजारमा छुईलाई सामान्य प्रक्रिया कै रूपमा लिने गरिए पनि वडा ७ र ८ मा यो कुप्रथा कायमै रहेको तिर्थपुरी सिंहले बताइन् ।
महिनावारी हुँदा धामी, झाँक्रीको देउता लाग्ने डरले महिला घरभित्र पस्न नमिल्ने भएको सिंहको भनाई छ ।
स्थानीय सरकारले महिलासम्बन्धी कार्यक्रम दैलोदैला पु¥याउन नसके पनि अबका दिनमा हुम्लालाई छाउमुक्त जिल्ला बनाउने प्रतिवद्धता सर्केगाड गाउँपालिका उपाध्यक्ष जोशी धामीले व्यक्त गरे ।
लामा समुदाय भने उद्धार
हुम्लाका उच्च हिमाली क्षेत्रमा बसोबास गर्दै आएको लामा समुदायले भने महिनावारीलाई नियमित तर सामान्य प्रक्रियाका रूपमा मात्रै लिने गर्छ । जिल्लाको नाम्खा गाउँपालिकामा १ देखि ५ वडासम्म सबैमा लामा समुदायको बसोबास रहेको छ भने सिमकोट गाउँपालिका वडा ३ र ४ मा लामा समुदायको बाक्लो वस्ती रहेको छ ।
लामा समुदायमा महिला महिनावारी हुँदा घर बाहिर बस्ने चलन नभएको सिमकोट–३ की माया लामाले बताइन् । लामाले भनिन् – ‘महिनावारी हुँदा हामी सामान्य प्रक्रिया जस्तै ठान्दछौं । जुन समय महिनावारी हुन्छौ त्यतिखेर नै सफा भएर बस्छौं । घर बाहिरै बस्नु परेको छैन । सुत्केरी हुँदा पनि फरक घर नभएर परिवार सँगै बस्ने गर्छौं ।’
रासस
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












