पर्यटनमन्त्री भारतमा : हवाई मार्गबारे कुराकानी हुने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
जनवरी १५ देखि १६ सम्म आयोजना हुने उक्त समिटमा सहभागी हुन मन्त्री अधिकारी सोमबार साँझ भारत जानुभएको उहाँको निजी सचिवालयले जनाएको छ । मन्त्री अधिकारीसहित पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र निर्देशक दीपक बराल पनि भारत जानुभएको छ ।
भारत भ्रमणमा रहँदा मन्त्री अधिकारीले भारतीय अधिकारीसँगको साइडलाइन वार्तामा हवाईमार्ग प्रवेशविन्दु ‘एयर रुट’ सम्बन्धमा पनि कुराकानी गर्नुहुने मन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतीय विमानन प्राधिकरणबीच नेपाललाई थप हवाई रुट दिने सम्झौता भएको थियो । उक्त सम्झौताबमोजिम लामो समय बितिसक्दा पनि भारतले हवाई रुट दिन चासो देखाएको छैन । गत असार २ गते भएको सहमतिअनुसार भारतले नेपाललाई थप तीन हवाई रुट दिने सहमति भएको थियो ।
सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेशविन्दुका लागि काठमाडौँदेखि विराटनगर तथा जनकपुरबीचको हवाई रुटलाई दुईतर्फी बनाउने र दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कनका आधारमा उक्त रुटहरुबाट वायुयान नेपाल प्रवेश गर्न सक्ने उल्लेख गरिएको थियो ।
यस्तै पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उडान गर्ने वायुयानका लागि वर्तमान काठमाडौँ–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोको आधारमा लागू गर्ने छ ।
यस्तै पूर्वतर्फ काठमाडाँै–जनकपुर–पटनाबीचको एकतर्फी रुटलाई दुईतर्फी बनाउन दुवै पक्षबाट सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोको अधारमा लागू गर्ने सहमति भएको थियो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रारम्भिक प्रतिवेदनअनुसार सन् २०१८ मा विश्वभर ४.३ अर्ब यात्रुले हवाई यात्रा गरेका छन् । यसबाट अघिल्लो वर्षको तुलनामा हवाईयात्रुको सङ्ख्यामा ६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
एशिया प्रशान्त क्षेत्रमा हवाई यात्रुको सङ्ख्यामा ७.३ प्रतिशतले वृद्धि भएको देखिन्छ भने यो क्षेत्र संसारकै आन्तरिक हवाई यात्रुको सङ्ख्याको ४२ प्रतिशत हिस्सा ओगटी सर्वाधिक ठूलो आन्तरिक बजारको रुपमा विकसित भएको छ ।
भूपरिवेष्टित मुलुक भएकाले नेपालमा आउने सम्पूर्ण पर्यटक सङ्ख्याको ८० प्रतिशतभन्दा बढी पर्यटक हवाईमार्गबाटै आउने गरेका छन् । सन् १९४९ मा पहिलोपटक नेपालमा विमान अवतरण भएपश्चात् नेपालको उड्डयनको इतिहास प्रारम्भ भएको पाइन्छ । त्यसपछि नेपाल बाहिरी संसारसँग प्रत्यक्ष रुपमा जोडिन थाल्यो ।
सन् १९७८ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गठन भएपछि नागरिक उड्डयन विभागले यस मन्त्रालयअन्तर्गत सेवा दिँदै गर्दा पहिलो नागरिक उड्डयन नीति १९९३ र नागरिक उड्डयन ऐन १९९६ जारी भयो । तत्पश्चात् मूलुकमा एक स्वतन्त्र नियमक निकायको रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को सन् १९९८ मा स्थापना भयो । रासस
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











