अझै खुलेन सहजपुर–दिपायल सडक
डोटी । डोटीको विपीनगर हँुदै दिपायल जोड्ने बोगटान सडकको अहिलेसम्म ४३ किलोमिटर बाटो खुलाउन सकिएको छैन । शिलान्यास भएको ३३ वर्ष बित्दा पनि उक्त सडकखण्डको साधारण बाटोसम्म पनि नखोलिएकामा स्थानीयवासी आक्रोशित भएका छन् ।
विसं २०४२ मा शिलान्यास गरिएको उक्त १०८ किमी सडकमध्ये ४३ किमीमा बाटो खुल्न बाँकी रहेको बडिकेदार गाउँपालिकाका रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सानै छँदा शिलान्यास गरिएको उक्त सडक हामी बूढो हुन थालिसक्यौँ अझै पूरा भएको छैन ।” चुनावको समयमा उक्त सडकलाई दिपायलसम्म लगेर जोड्छौँ भन्दै नेताले भोट मागे तर पनि चुनाव जितेपछि कसैले फर्केर नहेरेको स्थानीयवासीको आरोप छ ।
हाल डोटीको बडिकेदार गाउँपालिकाको अतरकाँडासम्म मात्र सडक पुगेको छ । बाटो खोलिएको ६५ किमीमध्ये ५० किमीमा भने कालोपत्रको तयारी भइरहेको सोही स्थान निवासी बमबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक शिलान्यास भएको वर्षौँपछि ५० किमीसम्म कालोपत्र हुने भएको छ, कालोपत्रे मैले गराउन लगाएको भन्दै विभिन्न दलका नेतामा जुहारी चलेको छ ।”
कैलालीका दुई र डोटीका चार गाउँपालिका जोड्ने दिपायल–बोगटान सडकको जङ्गल क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कनमा भएको ढिलाइले दुई आर्थिक वर्षको बजेटसमेत रोकिएको स्थानीयवासी बताउँछन् । डोटी जिल्लाकै सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान–दिपायल सडकले पूर्णता नपाउँदा स्थानीयवासीको जीवनस्तरमा सुधार आउन नसकेको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कृषि उत्पादनमा हाम्रो गाउँपालिका सबैभन्दा अगाडि छ तर सडक नहुँदा कृषकले उमारेका चिजवस्तु बजारसम्म पु¥याउन नसक्दा घरैमा कुहिन थालेका छन् ।” सहजपुर–बोगटान सडक कालोपत्र गर्नका लागि रु दुई अर्ब पाँच करोडमा ठेक्का भएर निर्माण कार्य अघि बढेको छ । तीस महीनाको निर्माण अवधि रहेको उक्त सडकखण्ड कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको विपीनगरदेखि बडिकेदारसम्म २८ किमी सडक कालोपत्र गरिने कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्र्याक्ट म्यानेजर ईश्वर बस्नेतले बताउनुभयो ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











