खोज पत्रकारिताको रिपोर्टमा सत्यता नभएको व्यवसायीहरूको दाबी
काठमाडौँ । ५५ जना नेपालीले विश्वका विभिन्न बैंकमा अवैध रकम राखेको र लगानी गरेको विषय सार्वजनिक भएपछि उद्यमी ब्यवसायीहरु तरङिगत बनेका छन । कतिपय ब्यवसायीहरुले पत्रकार सम्मेलन गरी उक्त बिषयको खण्डन गरेका छन । ब्यवसायीहरुले आफुहरुले गलत तरिकाबाट काम गरेको प्रमाण भेटिए सरकारले जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका छन ।
अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संगठन ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) र खोज पत्रकारिता केन्द्र नेपालले गरेको अनुसन्धानबाट ५५ नेपालीको ५४ अर्ब रुपैयाँ विदेशी बैंकमा राखेको खुलासा गरेको हो । करछलीको उद्देश्यले विदेशी बैंकमा रकम राखेको र लगानी गरेको उल्लेख गरिएको छ । विदेशी बैंकमा पैसा राख्ने, विदेशमा कम्पनी खोल्ने र वैदेशिक लगानी भन्दै अवैध रकम नेपाल भित्र्याउने गरेको रिपोर्टमा उल्लेख छ । तर व्यवसायी राजेन्द्र बजगाईले भने सार्वजनिक भएको रिपोर्ट नै गलत भएको दावी गरेका छन् ।
कर छली गर्न विदेशमा लगानी गरेकोमा मुछिएका एक व्यवसायी चन्द्र प्रसाद ढकालले भने पत्रकार सम्मेलन गरेरै खण्डन गरेका छन् । आइएमई गु्रपका अध्यक्ष ढकालले कुनैपनि ट्याक्स हेभन अर्थात् कर छली मुलुकबाट आफूले लगानी नभित्र्याएको दावी गर्दै आफुले गरेका कुनैपनि काम गलत भए सरकारलले गर्ने जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन नरबहादुर थापाले सामान्यतया नेपाली नगरिकले विदेशमा लगानी गर्नै पाइँदैन । गर्ने परेपनि त्यसका धेरै प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकको अनुमतिविना कुनैपनि देशमा लगानी गर्न पाइँदैन ।
गैरआवासीय नेपालीले भने स्रोत स्पस्ट पारेर विदेशमा लगानी गर्न पाउँछन् । जसरी रिपोर्टहरु सार्वजनिक भएका छन त्यसमा सत्यता छ भने र विदेशमा लगानी गरेको भए त्यो कर छलिको नियतबाट प्रेरित भएर काम गरेको हुन सक्ने सम्पत्ति शुद्धिकरण विभागका सूचनाअधिकारी विनोद लामिछानेको ठहर छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












