गिट्टी बालुवा अभावले पुल निर्माणमा समस्या
सङ्खुवासभाका दर्जनौँ जिल्लाभित्रका विकासे आयोजनामा गिट्टी बालुवाको चरम अभाव हुँदा १४ वटा पुल निर्माण ठप्प बनेका छन् ।
सङ्खुवासभामा गिट्टी बालुवा उत्खनन बन्द भएपछि जिल्लाका पुल निर्माण ठप्प भएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए । जिल्लामा सञ्चालन हुदै आएको दुई क्रसर पाँच महीना अगाडि जिल्ला वन कार्यालयले अवैध भन्दै बन्द गराएपछि अहिले गिट्टी बालुवाको चरम अभाव सिर्जना भएको हो ।
खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिका जोड्ने पाङ्मा खोला र माल्टा खोलामा निर्माणाधीन दुई वटा पक्की पुलको निर्माण कार्य केही महीनादेखि गिट्टी बालुवाको चरम अभाव भएको भन्दै काम ठप्प भएको छ ।
गिट्टी बालुवा अभावले पुल निर्धारित समयभित्र बनाउन कठिन भएको निर्माण कम्पनीका निर्देशक सन्तोष राईले बताए । निर्देशक राईले भने “हामीले यो पुल एक वर्षमा निर्माण सम्पन्न हुन्छ भनेका थियौँ तर गिट्टीको अभावमा हामी पुल निर्माण गर्न असमर्थ भयौँ ।” रु दुई करोड २५ लाख १४ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी याक्थुमहाङ एस्एएस् जेभीले पुल निर्माणको ठेक्का लिएका छन् ।
आगामी असार मसान्तसम्ममा सम्पन्न हुनुपर्ने उक्त पुलको हाल एउटा पिलरसमेत बनेको छैन । यस्तै आगामी असार मसान्तमै निर्माण सम्पन्न गर्ने सहमति भएको माल्टाखोला पुलको पनि अवस्था उस्तै छ । सो पुलमा पिलर हाल्नका लागि कामको शुरुआत गरिए पनि त्यसभन्दा अघि काम बढ्न सकेको छैन ।
रु दुई करोड ७१ लाखको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको सो पुलको निर्माणको ठेक्का कुन्सालिङ अरुणबरुण जेभीले पाएको छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि गिट्टी अभावले पुल निर्माण प्रभावित भएको पुल निर्माण कम्पनीका निर्देशक मिगुर शेर्पाको भनाइ छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











