हजामदेखि पानीजहाज इञ्जिनीयरसम्मको जनशक्ति प्रक्षेण गरिँदै
काठमाडौँ । मुलुकले आर्थिक समृद्धिको लक्ष्य लिएसँगै कुन क्षेत्रमा कति जनशक्ति कार्यरत छन् र थप कति आवश्यक छ भन्ने स्पष्ट आँकडा पाउन मुस्किल छ ।
राष्ट्र निर्माणका लागि हरेक क्षेत्रमा दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको अहम् भूमिका हुने भएकाले आगामी २५ वर्षका लागि त्यसको प्रक्षेपण गर्न नेपाल सरकारको कार्यदल सक्रिय छ ।
मन्त्रिपरिषद्को गत असोज २८ गतेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय निर्देशक समितिले सरकारी, निजी र सबै क्षेत्रको जनशक्तिको आङ्कलन शुरु गरेको हो ।
मुलुकमा शैक्षिक बेरोजगारी पनि रहिरहेको, कतिपय क्षेत्रमा स्वदेशी जनशक्ति नपाइने र कतिपय क्षेत्रमा प्रतिभा र पूँजी पलायन हुने असामान्य स्थितिलाई अन्त्य गर्न कार्यदलले यसबारे अन्तर्राष्ट्रिय विधि र मूल्य मान्यताको विश्लेषण गरी तथ्याङ्क सङ्कलन र क्षेत्रगत परामर्श जारी राखेको छ । निर्देशक समितिले डा रुद्र सुवालको संयोजकत्वमा कार्यदल गठन गरी अध्ययन र परामर्श गरिरहरको छ ।
मन्त्रालयका सचिव एवं कार्यदलका सदस्य खगराज बरालले सरकारले लिएका नयाँ नयाँ लक्ष्य पूर्तिका लागि आवश्यक पर्ने जनशक्तिका लागि तयारी गर्न ढिला भइसकेको उल्लेख गर्दै पानी जहाज, एरोनोरिक र रेलका इञ्जिनीयर, खानीहरुको उत्खननकर्ता, नर्स, विज्ञान र गणित शिक्षक जस्ता क्षेत्रमा जनशक्ति अपुग भई विदेशबाट ल्याउनुपर्ने स्थिति रहेको बताए । उनले कुन क्षेत्रमा हाल कति जनशक्ति र आगामी २५ वर्षसम्म कति जनशक्ति आवश्यक पर्छ भनेर कार्यदल अध्ययनमा लागेको जानकारी दिए ।
संयोजक सुवालका अनुसार हालसम्म सङ्गठित र असङ्गठित क्षेत्रमा गरी नेपालमा कूल एक करोड १२ लाख जनशक्ति रहेको अनुमान गरिएको छ । निजामती, शिक्षक, सेवा क्षेत्र, सेना, प्रहरी, विश्वविद्यालयका साथै स्वास्थ्य, ऊर्जा, पर्यटन, वित्त, व्यवस्थापन, कृषि, चार्टर एकाउन्टेन्ट, कानून, सञ्चार, मुद्रण, सुनचाँदी व्यवसाय, प्रकाशन, अटो वर्कसप, सहकारी आदि क्षेत्रको जनशक्ति प्रक्षेपण गरिसकेको छ ।
प्रारम्भिक आँकडाअुसार हाल इञ्जिनीयरिङका ४२ विधामा गरी ४६ हजार, सुनचाँदी व्यवसायमा १९ हजार जनशक्ति मापन गरिएको छ । डा सुवालले सबै क्षेत्रमा स्तरीकरण, स्वामित्व, बजार र स्वावलम्बन बढाउने गरी जनशक्तिको सिफारिश गरिने बताए ।
“कपाल काट्ने हजाम पनि नेपालमा पर्याप्त छैनन्, सुनचाँदी व्यवसायका कालीगढहरु भारतबाटै आएका छन्,” सचिव बरालले भने, “हामीले स्वदेशमा कतिपय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरे पनि विदेशी बजारले त्यसको उपयोग गरिरहेको छ, यो अवस्था अन्त्य नभएसम्म हामी आत्मनिर्भर हुन सक्दैनौँ ।”
कार्यदलका सदस्य डा. विजयकुमार दत्तले आवश्यक जनशक्ति तयारीका लागि प्राविधिक र व्यावसायिक शिक्षा क्षेत्रका नयाँ नयाँ विधामा पाठ्यक्रम तर्जुमा गरी शिक्षण संस्था खोलिनुपर्ने बताउँदै अध्ययन र छलफलका क्रममा आफूहरु प्रदेश तहमा पनि जाने जानकारी दिए ।
देशको समग्र विकास र स्थानीय तहसम्मको जनशक्ति प्रक्षेपणको जिम्मेवारी पाएका कार्यदललाई कार्यारम्भ भएको मितिले चार महीनाको समय दिएको छ । कार्यदलले गत पुस ३० गतेबाट काम आरम्भ गरेको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












