निगमको अन्तर्राष्ट्रिय उडानमा छुट
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ ।
निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने भएको हो ।
आगामी तीन महीना (जनवरी, फेबुअरी र मार्च) सम्म यो योजना लागू हुने निगमले जनाएको छ । पर्यटन प्रवद्र्धन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तो छुट योजना ल्याइएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार आवश्यकताका आधारमा अन्य गन्तव्यमा पनि यो योजना विस्तार गरने लक्ष्य छ । ‘अहिले बैंकक क्षेत्रमा कम व्यापार हुने भएकाले व्यापार बढाउने नै मुख्य उद्देश्य हो, यो समयमा उक्त क्षेत्रबाट कम पर्यटक आउने भएकाले पनि यस्तो योजना ल्याएका हौँ अन्य गन्तव्यमा पनि लैजाने योजना छ”, उनले भने ।
काठमाडौँ–बैंकक उडानका लागि टिकटमा हरेक यात्रुले मूल्य अभिवृद्धि करबाहेक रु १२ हजार तिर्नुपर्छ । निगमले यो गन्तव्यमा सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्दै आएको छ । निगमले अहिले विभिन्न आठ गन्तव्यमा भारतको नयाँदिल्ली, बैंगलोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निकट भविष्यमै जापान, चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ ।
निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












