ल्होछारमा ३ दिन सार्वजनिक बिदा !
काभ्रेपलाञ्चोक ।
तामाङ समुदायको सांस्कृतिक पर्व ड्वाल्हो सोनाम ल्होछारका लागि यहाँका स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
तामाङ समुदायको बाहुल्य रहेका चौँरीदेउराली गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ भने तेमाल, महाभारत र रोशी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएका छन् ।
चौँरीदेउराली गाउँपालिका तामाङ समुदायको आदिभूमि रहेकाले पर्व, धर्म, संस्कृति, संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व रहेको जनाउँदै गत बिहीबारको बैठकले यही माघ २२ र २३ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष दिननाथ गौतमले बताए ।
रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारभित्र रहेर सोनाम ल्होछार मान्न यही माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिइएको बताए । उनका अनुसार रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ ।
तेमाल गाउँपालिकाले पनि सोनान ल्होछारका लागि यही माघ २१ देखि २३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले जानकारी दिए । महाभारत गाउँपालिकाले करीब एक महीनाअघि गत पुस २५ गते नै बैठक बसी ल्होछारमा तीन दिन बिदा दिने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












