दश वर्षे गुरुयोजना बनाउँदै बेलौरी नगरपालिका
कञ्चनपुर । कृषिमा आत्मनिर्भर बनाउन कञ्चनपुरको बेलौरी नगरपालिकाले दश वर्षे कृषि गुरुयोजना निर्माणको कार्य अगाडि बढाएको छ ।
कृषि क्षेत्रको समग्र पूर्वाधारको अवस्था, उपलब्ध स्रोत जमीन, सिँचाइ, जलवायु, साधन र मानवशक्तिको सदुपयोग गरी निश्चित विकासको लक्ष्य हासिल गर्न कृषि गुरुयोजना बनाउन लागिएको हो ।
नेपालको संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ ९२० ण र द मा नगरपालिकाले आफ्नो क्षेत्रको कृषि, पशुपालन, कृषि उत्पादन व्यवस्थापन तथा समग्र कृषि क्षेत्रको वैज्ञानिक विकासका लागि स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन गर्ने प्रदत्त अधिकार अनुसार प्रतिस्पर्धात्मक व्यावसायिक कृषि प्रणालीको विकासबाट रोजगारी अभिवृद्धि गर्न गुरुयोजना बनाउन लागिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए ।
“खाद्य तथा पोषण सुरक्षा, दिगो वातावरणीय संरक्षण, गरीबी न्यूनीकरण, दिगो उपभोग तथा उत्पादन प्रणाली सुनिश्चित गर्ने, जलवायु परिवर्तन र यसका प्रभावसँग जुध्न तत्काल कार्य अघि बढाउन गुरुयोजनाअनुरुप कार्य अगाडि बढाउँछौँ”, उनले भने । नगरपालिकाले बाली फस्टाउन सक्ने क्षेत्रको पहिचान गरी माटो परीक्षणको कार्य अगाडि बढाएको छ ।
कृषि गुरुयोजनाका लागि नगर प्रमुखको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने तयारी गरिएको छ । समितिमा वडाध्यक्ष र विषयगत शाखाका प्रमुख सदस्यका रूपमा रहने प्रावधान राखिएको छ ।
गुरुयोजनाअनुरुप सबै वडामा कृषिसम्बन्धी भेला गरी जलवायु, सम्भाव्य बाली, कृषि आधुनिकीकरण, बजार, स्थानीय कृषि प्रजातिको संरक्षण र दक्ष तथा अनुभवी जनशक्तिको व्यवस्थाको कार्य अगाडि बढाइने कृषि विकास शाखाका प्रमुख रणबहादुर मल्लले बताए ।
गोष्ठी, वडा भेला, लक्षित समूह छलफल आदि गरी व्यापक जनसहभागिता सुनिश्चित गरी कृषि विकास गुरुयोजनासम्बन्धी विश्लेषण गरी सोका आधारमा विज्ञको प्राविधिक सहयोग लिई योजना मस्यौदा तयार गरिने उनले बताए ।
“प्राविधिकद्वारा प्रत्येक वडाका खेतीयोग्य क्षेत्रबाट माटो परीक्षणका लागि नमूना सङ्कलन गर्ने, कृषि पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, कृषि गुरुयोजना मस्यौदा तयार गर्ने, आवश्यक परिमार्जन तथा सुझाव सङ्कलन गर्ने, कृषि गुरुयोजनालाई अनुमोदन गर्नेलगायतका कार्य अघि सारिएका छन्”, उनले भने ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












