‘सङ्गठित अपराध घट्दै तर सामाजिक अपराध बढ्दै’
चितवन । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय देशमा सङ्गठित अपराध घट्दै गएको तर सामाजिक अपराध बढ्दै गएको बताएका छन् ।
विगतमा प्रहरीलाई साङ्गठनिक अपराध नियन्त्रण गर्न चुनौती भए पनि हाल आएर सामाजिक अपराध न्यूनीकरण गर्न चुनौती थपिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय चितवनले आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा प्रवक्ता सुवेदीले प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न नसक्ने बताए ।
यसमा प्रहरीको मात्रै नभई स्थानीय सरकार, सामाजिक संस्था एवं नागरिककोसमेत उत्तिकै दायित्व रहेको उनको भनाई छ । “विगतमा सङ्गठित अपराध सक्रिय थियो, अहिले यी अपराध शून्यमा झरेको छ”, उनले भने । विगत केही समयदेखि सामाजिक विकृति, विसङ्गतिका कारण समाजमा हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि भएको उनले औँल्याए ।
सङ्गठित अपराध नियन्त्रण गर्न प्रहरी सफल भएको भन्दै उहाँले गुण्डागर्दी गर्ने अधिकांशको प्रहरी मुठभेड (इन्काउण्टर) मा मृत्यु भएको र ४०० बढी कारागारमा रहेको जानकारी दिए । उनले सबैभन्दा बढी बलात्कारका घटना १५ वर्ष मुनिका बालिकामा हुने गरेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भयरहित समाज निर्माणका लागि प्रहरीसँग समन्वय गर्न आवश्यक रहेको बताए ।
स्थानीय तहमा पनि न्यायिक समितिमा विभिन्न मुद्दा आउनेक्रम बढेको भन्दै भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले आगामी दिनमा प्रहरीसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गए । महिला अधिकारकर्मी, नागरिक समाजका अगुवाले प्रहरीलाई साथ दिने प्रतिबद्धता दिँदै प्रहरीले बलात्कार, हिंसा, घटनामा अझ सक्रियता बढाउन सुझाव दिएका थिए ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











