१५० का दरले कुखुराको दानाको मूल्य बढ्यो
भरतपुर । कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा रु १५० का दरले दानाको मूल्य बढाएको हो ।
दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए ।
तीन महीनाको अवधिमा तीन पटक दानाको मूल्य वृद्धि भएको छ । पछिल्लो पटक आइतबारदेखि लागू हुने गरी अहिलेसम्मकै उच्च दरमा दानाको मूल्यमा वृद्धि गरिएको हो ।
मङ्सिरमा रु ७५ वृद्धि गरिएको दानाको मूल्य, पुसमा १२५ र तेस्रो पटक माघ महीनामा रु १५० बढाइएको पुरीले बताउनुभयो । तीन महीनाको अवधिमा प्रतिबोरा रु ३७५ ले दानाको मूल्य बढेको उनले जानकारी दिए ।
प्रतिकेजी रु १४ मा पाइने मकै तीन महीनाको अवधिमा बढेर रु ४० पुगेको छ भने भटमास पिना ५५ बाट बढेर प्रतिकिलो रु ६५ पुगेको छ ।
कुखुराको दाना बनाउन मकै, भटमास पिनालगायतको कच्चापदार्थ आवश्यक हुन्छ । भटमासको पिना शत प्रतिशत र मकै ७० प्रतिशत भारतबाट आयात हुने गरेको छ । मकै, भटमास मात्र वार्षिक रु २५ अर्बको आयात हुने गरेको दाना उद्योग सङ्घले जानकारी दिएको छ ।
ब्रोइलर कुखुराको दाना (बिपिएच) थोक मूल्य बोरा रु १५० बढेर रु तीन हजार १२५ पुगेको छ । यस्तै बिबान दाना रु दुई हजार ८७५ बाट बढेर रु तीन हजार २५ पुगेको छ भने बिटु दाना रु दुई हजार ८२५ बाट बढेर रु दुई हजार ९७५ पुगेको छ । लेयर्स कुखुराको दाना पनि सोही अनुपातमा वृद्धि भएको छ ।
यस वर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृद्धि भएको दाना उद्योग सङ्घका पूर्वअध्यक्ष एवं कुखुरापालन विज्ञ डा तिलचन्द्र भट्टराईले बताए । यस वर्ष भारतमा मकै भटमासको उत्पादन कम भएको र बाहिरी देशमा निर्यात र निर्वाचनका कारण मूल्य बढेको उनले जानकारी दिए ।
नेपालमा मकै र भटमास पर्याप्त नहुञ्जेलसम्म सरकारले दिँदै आएको भन्सार छुट हटाएका कारण पनि मूल्य बढेको दाना उद्योगीको भनाइ छ । सरकारले दाना उद्योगलाई पाँच प्रतिशत कृषि सुधार शुल्कमध्ये कच्चा सामग्री आयातमा ३.६ प्रतिशत छुट दिँदै आएको थियो ।
सरकारले दाना उद्योगका लागि कच्चा पदार्थ आयात गर्दा पाँच प्रतिशत कर लिने र तयारी दाना भारतबाट आयात गर्दा पाँच प्रतिशत मात्रै भन्सार शुल्क लिने नीति बनाएका कारण दाना उद्योगी धरासायी बन्ने अवस्थामा रहेको भट्टराईले बताउनुभयो । नेपालमा दैनिक तीन हजार मेट्रिक टन दाना खपत हुन्छ ।
यसैबीच कुखुरा र अण्डाको मूल्य नपाएका किसान दानाको मूल्यमा भारी वृद्धि भएपछि चिन्तित बनेका छन् । अहिलेको लागत मूल्यअनुसार अण्डाको मूल्य धेरै कम पाएको नवलपुरको दुम्किबासका किसान चूणामणि भुसालले बताउनुभयो ।
“अहिले अण्डाको मूल्य प्रतिक्रेट रु २३५ छ”, उनले भने, “लागत मूल्य उठाउन पनि प्रतिक्रेट रु २९० पाउनुपर्छ ।” अझै तीन महीना दानाको मूल्य यस्तै रहिरहे र अण्डाले मूल्य नपाए कुखुरापालन व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना हुने उहाँको गुनासो छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












