कोशी करिडोरले गुराँस वन मास्ने चिन्ता
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले कोशी करिडोर विद्युत् प्रशारण लाइन तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको गुराँस वन मासेर निर्माण गर्न लागिएकामा आपत्ति जनाएको छ ।
नगरपालिकाले पत्रकार सम्मेलन गर्दै यथाशीघ्र अलाइन्मेण्ट परिवर्तन गरी टिएमजे क्षेत्रको जैविक विविधता बचाउनेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराएको छ । करिडोर निर्माणका लागि टिएमजे क्षेत्रको वसन्तपुरदेखि ढुंगेसाँघु क्षेत्रमा सर्वे सकिएर काम शुरु भएको छ ।
राष्ट्रिय गौरवको आयोजना कोशी करिडोर २२० केभिए विद्युत् प्रशारण लाइन निर्माणले तीनजुरे मिल्के जलजले क्षेत्रको जैविक विविधतामा प्रत्यक्ष असर पु¥याउने लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए ।
आयोजना निर्माण हुँदा ‘गुराँसको राजधानी’ उपनामले चिनिने सो क्षेत्रको गुराँस वन नष्ट हुने नगर प्रमुख माबोहाङको तर्क छ । सो क्षेत्रको वनमा २८ प्रजातिका गुराँस फुल्ने कारण विश्वभर चर्चित छ । तर, करिडोरको प्रशारण लाइन निर्माण गर्दा टिएमजे क्षेत्रका सामुदायिक वनमा मात्रै दुई हजार ७०० भन्दा बढी रुख काट्ने आयोजनाको प्रारम्भिक तयारी रहेको छ । सो योजना अनुसार रुख काट्दा भएको गुराँस वनसमेत नष्ट हुने र दीर्घकालीन रुपमा समेत गुराँस वन र यहाँको जैविक विविधतालाई असर पु¥याउने भएकाले करिडोरको अलाइन्मेण्ट परिवर्तनका लागि नगरपालिकाले छलफल थालेको नगर प्रमुख माबोहाङले बताए ।
गुराँस वन जोगाउन उपभोक्ता र सरकारले समेत अर्बौँ रुपैयाँ लगानी गरिरहेका बेला आयोजनाले रुख काटेर प्रशारण लाइन बनाउन लागेकामा स्थानीय सरकारको आपत्ति रहेको उनले बताए । बिहीबार नगरपालिकामा सर्वपक्षीय छलफल र पत्रकार भेटघाट कार्यक्रम गर्दै नगर प्रमुख माबोहाङले देशले गर्व गर्नुपर्ने टिएमजे क्षेत्रको गुृराँस वन जोगाउन सबैले ध्यान पु¥याउनुपर्ने बताए ।
उनले विश्वमा पाइने ४२ मध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइने र त्यसमध्येका २८ वटा यहाँको एकै वनमा फुल्ने महत्वलाई नभुल्न र यसको संरक्षण र प्रचारप्रसारमा आवश्यक भूमिका खेल्न समेत ध्यानाकर्षण गराए । सरकारले उत्कृष्ट एकसय पर्यटकीय गन्तव्यको सूचीमा यो क्षेत्रलाई राखेको भन्दै मेयर माबोहाङले यहाँको पर्यटकीय महत्वलाई भुलेर प्राकृतिक सम्पदाको दोहन गर्नु नहुने विचार व्यक्त गरे ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गम स्थलको रुपमा रहेको टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस मात्रै फुल्दैनन्, यहाँ १२० प्रजातिका पुतली, लिडेमुसा, रातो पाण्डा, हिउँ चितुवा, लोपोन्मुख प्रजातिका चरा समेत पाइन्छन् । यो क्षेत्रमा पदमचाल, कुड्की, बिख्मा, सतुवा, वन लसुन, यार्सागुम्बाजस्ता लोपोन्मुख दुई दर्जन भन्दा बढी जडीबुटी पनि पाइन्छन् ।
विद्युत् प्रसारण लाइनका कारण यहाँको जीवजन्तु, पशुपन्छी र वनस्पतिको बासस्थान प्रभावित हुने नगर प्रमुख माबोहाङले बताउनुभयो । उनले भने, “आयोजनाले स्थानीय सरकार र उपभोक्तासँग सहकार्य समेत गरेको छैन । हामीलाई थाहै नदिई वर्षौदेखि जोगाएर राखेको र यहाँको अस्तित्वसँग जोडिएको गुराँस मास्न लागेको छ ।”߁
आयोजनाले वसन्तपुरको चित्रे सामुदायिक वन क्षेत्रका एकहजार ४०० रुख काट्ने गरी टाँचा लगाउन थालेको छ । चैते सामुदायिक वन क्षेत्रमा पनि छापा लगाएर रुखसमेत काटिसकेको छ । रुख काट्ने विषयमा आफूलाई जानकारी नदिइएको चैते सामुदायिक वन समूहका अध्यक्ष युकबहादुर बस्नेतले बताए ।
आयोजनाको अलाइन्मेण्टभित्र टिएमजे क्षेत्रको तेह्रथुमका चार वटा, संखुवासभाका चार वटा र ताप्लेजुङको एक वटा गरी ९ वटा सामुदायिक वन र केही निजी जग्गाको समेत रुख काट्ने तयारी रहेको आयोजनाको वसन्तपुर–ढुंगेसाँघु खण्डका साइट इन्चार्ज सोम पौडेलले बताए । उनका अनुसार आयोजनाले काटेका एक रुख बराबर अन्य २५ वटा बिरुवा उपलब्ध गराउनेछ ।
निजी जग्गा अधिग्रहण गरेको क्षेत्रमा प्रभावितलाई मुआब्जा दिइने आयोजनाले जनाएको छ । आयोजनाले तेह्रथुममा १० किमि, संखुवासभामा १०।५ किमि र ताप्लेजुङमा ११ किमि प्रशारण लाइन बनाउने सर्वे गरेको छ । प्रशारण लाइनको टावर निर्माण गर्दा करीब दुई रोपनी जमीन ओगट्छ । त्यसबाहेक मध्यभागबाट १५–१५ मिटर फँडानी गरेर अलाइन्मेण्ट निर्माण गरिने छ । टावर १८ मिटर भन्दा अग्लो हुने भएकाले गुराँस वन कम मात्रै क्षति हुने आयोजनाका साइट इन्चार्ज पौडेलको तर्क छ । आयोजनाले पहिलो खण्डमा ३१३ वटा र तेश्रो खण्डमा १२२ वटा टावर राख्नेछ ।
पूर्वका पाँच वटा जिल्लालाई समेट्ने कोशी करिडोर प्रशारण लाइनका लागि भारतीय एक्जिम बैंकको ९० मिलियन डलर ऋण सहयोग छ । यो प्रशारण लाइनबाट अरुण–३ बाहेक पूर्वका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा उत्पादन भएको विद्यु सङ्कलन गरी झण्डै २ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्ने नेपाल विद्युत् प्राधिकरणको योजना रहेको साइट इन्चार्ज पौडेलले बताए ।
प्रशारण लाइनका लागि २०७४ चैत्र २७ गते नै मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको थियो भने २०७४ मङ्सिरमै जग्गा अधिग्रहणको काम थालिएको थियो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् सोही प्रशारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता समेत गरिसकेको छ ।
सो करिडोरको पहिलो खण्डमा इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किटको प्रशारण लाइन निर्माण भइरहेको छ । त्यस्तै दोस्रो खण्डमा इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण र तेस्रो खण्डमा वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरुले आयोजनालाई आफ्नो अलाइन्मेण्ट परिवर्तन गर्न आग्रह गरेका थिए । यसअघि सुनसरीको धरान–भेडेटार क्षेत्रमा समेत करिडोरको अलाइनमेण्ट परिवर्तन गर्न माग गर्दै स्थानीयवासीले माग गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











