प्रहरी अस्पतालमा ६ हजार सर्वसाधारणको उपचार
काठमाडौँ ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जले ६ हजार ४५० सर्वसाधारणको उपचार गरेको छ । विसं २०७४ कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि उपचार खुल्ला गरेको सो अस्पतालले दुई हजार ८२१ पुरुष तथा तीन हजार ६२९ महिलाको उपचार गरेको हो ।
यसअघि प्रहरी कर्मचारी र प्रहरीका आश्रित परिवारले सो अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा लिँदै आएका थिए । सो अवधिमा दाँतका ७६८, नाक, कान र घाँटीका ४७८, आकस्मिक ४९३, आँखाका २७५, औषधोपचार एक हजार ३३२, गाइनो ४९९, अर्थोपेडिक एक हजार ३९ तथा छालाका ४६२ बिरामीले उपचार गराएका छन् । सामान्य कक्षमा ९७ तथा अति सघन कक्षमा १४ बिरामीको उपचार गरिएको छ ।
नेपाल प्रहरीका आश्रित परिवारको उपचार गर्नका लागि २०२७ सालदेखि स्वास्थ्य सेवा प्रदान गरेको प्रहरीले २०४० चैत २७ मा सो अस्पताल स्थापना गरी सेवा प्रदान गर्दै आएको छ ।
प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले प्रहरी आश्रीत परिवारलाई निशुल्क उपचार गरेपनि सर्वसाधारणलाई भने सहुलियत दरमा विभिन्न रोगको उपचार गर्दे आएको बताए ।
“नागरिकलाई सहुलियतका साथ उपचार गराउने उदेश्यले अस्पतालले सर्वसाधारणको उपचार गर्दै आएको छ,” उनले भने । प्रहरी अस्पतालले विशिष्ट तथा अति विशिष्ट व्यक्तिको उपचारका लागि समेत छुट्टै कक्ष स्थापना गर्न लागेको छ ।
यसअघि वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र वीरेन्द्र सैनीक अस्पतालमा विशेष कक्ष भएपनि प्रहरीले पहिलोपटक उक्त कक्ष निर्माण गर्न लागेको हो ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











