खेलाडीलाई आजीवन भत्ता दिन आवश्यक छ : मन्त्री विश्वकर्मा
काठमाडौँ ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनुपर्ने बताएका छन् ।
अक्सिडेन्टल पब्लिक स्कुलको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्कुलले आजदेखि सानोगौचरमा आयोजना गरेको तीनदिने खेलकूद महोत्सवमा मन्त्री विश्वकर्माले राष्ट्रका लागि पदक जित्न सफल खेलाडीलाई मासिक भत्ता दिन सके खेलाडी पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुने बताएका हुन् ।
खेलकूदका माध्यमबाट विद्यार्थीमा बौद्धिक विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै उहाँले बालबालिकामा चाहनाअनुसारको खेलमा समयदेखि नै उचित लगानी गर्न सके प्रतिफल राम्रो आउने उल्लेख गरे ।
नेपाली क्रिकेटले हासिल गरेको पछिल्लो उपलब्धिको प्रशंसा गर्दै उनले मुलुकलाई संसारमा चिनाउने एकमात्र माध्यम खेलकूद भएको उल्लेख गरे ।
कार्यक्रममा त्रिवि व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्मा, प्रा डा श्रीप्रसाद कोइराला, वरिष्ठ कलाकार मदनदास श्रेष्ठलगायतले महोत्सवको शुभकामना व्यक्त गरे ।
खेलकूद महोत्सवअन्तर्गत विद्यालयले तीनदिनसम्म फुटबल, क्रिकेट, खोखो, एथलेटिक्सलगायतका खेल सञ्चालन गर्ने विद्यालयका शिक्षक तुलसी घिमिरेले जानकारी दिए । विद्यार्थीको मानसिक, शारीरिकका साथै बौद्धिक विकास गर्ने उद्देश्यले खेलकूद महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।
कक्षाकोठाको सीमित ज्ञानले मात्र विद्यार्थीको बौद्धिक स्तर वृद्धि नहुने भएकाले विद्यार्थीको रुचिअनुसारको ज्ञान दिन खेलकूदका गतिविधि गर्न लागिएको विद्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












