उचित मूल्य नपाएपछि वस्तुभाउलाई काउली खुवाउँदै किसान
बनेपा । व्यवसाय गर्न त्यतिकै पैसा लगानी गर्नुपर्छ, त्यसमाथि श्रम गरेर उत्पादन गरेको तरकारी बजारमा भनेजस्तो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ पात्लाका किसान दुःख गरेर उत्पादन गरेको काउली बजारमा उचित मूल्य नपाएपछि वस्तुभाउलाई खुवाउन बाध्य भएका हुन् । काउली बेच्ने समयमा बजारभाउ कम भएपछि आफूहरूले उत्पादन गरेको काउली बारीमा नै छोडेको र फूल फुलेर पहेँलपुर भएको किसानले बताए ।
“बेच्ने बेलामा प्रतिकिलो रु आठ थियो, गाडी भाडा यहाँबाट कालीमाटीसम्म लान प्रतिकिलो रु पाँच पर्ने र काटेर गाडीसम्म ‘लोड अनलोड’ गर्दा लाग्ने लागत जोड्दा प्रतिकिलो यहीँ रु १० सम्म पर्ने भएपछि बेच्नुभन्दा वस्तुभाउलाई नै खुवाउन थालेको छु”, किसान ईश्वरीप्रसाद पौडेलले भन्नुभयो । सात रोपनी जग्गामा लगाएको काउली गत वर्षको हिसाबले पनि चार लाख घाटा भएको उनको भनाइ छ ।
उनका अनुसार बीउ, गोडमेल, कामदारको ज्याला गरी एक लाखसम्म लगानी भएको काउली खेतीले बजारमा उचित मूल्य नपाएपछि भैँसीलाई खुवाउन बाध्य भएको होे । २०४९ सालदेखि नै कृषि पेशामा संलग्न भएर आम्दानी गर्दै आएका पौडेलले यस वर्षमा जतिको घाटा पहिला व्यहोर्नु नपरेको बताए । उनले तरकारी खेतीका लागि वार्षिक रु एक÷डेढ लाखसम्म लगानी गरेर १०÷१२ लाखसम्म आम्दानी गर्दै आउनुभएको उनको भनाइ छ ।
वार्षिकरूपमा त्यसरी आम्दानी गर्दै आउनुभएका उहाँले यस वर्ष भने उचित मूल्य नपाएको बताए । “यस्तो समस्या त मैले कहिल्यै पनि व्यहोर्नुपरेको थिएन, यसपालि चाहीँ नराम्रोसँग समस्या व्यहोर्नु प¥यो”, उनले भने, “काउली नबिकेपछि सुकाउने मेशिन बजारमा खोज्दा रु तीन लाख पर्छ भनेपछि मेशिन किन्न सकिनँ र भैँसी किनेर भैँसीलाई खुवाउन थालेँ ।”
भैँसी किनेर खुवाएपछि दूध बेच्न पनि पाइने र खेर जान लागेको काउली पनि व्यवस्थापन गर्न पाएको उनको भनाइ छ । अहिले उनले दुईवटा दुहुना भैँसी पालेर घाँसपातसँगै फुलेको काउली खुवाउने गरेका छन् ।
उनले तरकारी खेती गरेरै चार जना छोराछोरीलाई पढाएको र काठमाडौँमा घर किनिसकेको बताए । “मैले कृषि पेशा गरेरै यति धेरै सफलता हासिल गरिसकेको छु, त्यसैले म त्यति विचलित भएको छैन”, पौडेलले भने “तरकारीसँगै मैले अरु पनि खेती गर्ने भएकाले खासै दुःखी छैन ।”
उनले तरकारी खेतीबाट घाटा नहोस् भनेर मिश्रितरूपमा खेती गर्दै आएको बताउनुभयो । एउटा तरकारी वा बाली लगाउँदा त्यससँगै अरु पनि मिलाएर लगाउने गरेकाले सँगसँगै आम्दानी लिन पाएको उनको भनाइ छ । उनले तरकारी खेतीसँगै फलफूल खेती पनि गर्दै आएका छन् । “मेरो बारीमा तरकारीसँगै नासपाती, आँप, हलुवावेद, अनार, कागतीलगायतका फलफूल खेती गरेको छु”, पौडेलले भने, “ पछिल्लो समयमा डाले घाँस पनि खेती गरिरहेको छु ।”
सिप्रेट नामक संथाको सहयोगमा तरकारी खेती शुरु गर्दै आउनुभएका उहाँले मुला चमसुर, फर्सी, काँक्रो, भेँडोखुर्सानी, काउली, केराउलगायतका ३२र३३ थरीका तरकारीको बीउसमेत उत्पादन गर्दै आएको उनको भनाइ छ । सो संस्थाले बीउ नै किनेर बजारीकरण गर्ने भएकाले उत्पादन गर्न प्रेरणा मिलेको र त्यसबाट मात्रै रु एक/दुई लाखदेखि चार लाखसम्मको आम्दानी गरेको बताउनुभयो । सो भेगमा तरकारी खेती गरेर पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेर देखाएकाले पनि आफूले त्यसबाट निराशा फैलने खालको व्यवहार नदेखाएको पौडेलको भनाइ छ ।
अर्का किसान सनमान तामाङले भने उत्पादन गरेको काउली कम मूल्यमै भए पनि बिक्री गरेको बताए । उनले काउली, चमसुर, गोलभेँडा र सिमीलगायतका विभिन्न तरकारी खेती गर्दै आएका छन् ।
उनले भनेजस्तो मूल्य नपाए पनि बेच्न बाध्य भएको बताए । “गाउँसम्म गाडी आएकाले बजारमा उचित मूल्य नपाए पनि प्रतिकिलो रु दशमा नै बेच्न बाध्य भएँ”, उनले भने, “दुःख गरेर उत्पादन गरेको तरकारी व्यापारीले जतिमा भन्यो त्यतिमा नै बेच्न बाध्य छौँ ।”
उनले किसानको अर्थोपार्जनको माध्यम तरकारी खेती र वस्तुभाउ भए पनि पर्याप्त सिँचाइको सुविधा नहुँदा दुःख गरे जति उत्पादन गर्न नसकेको बताए । यस वर्ष सो भेगमा करीब रु ६० लाखदेखि ७० लाखसम्मको काउली बजारमा बिक्री गर्न नपाएको किसानको भनाइ छ ।
स्थानीय तहमा कृषिका लागि अनुदान लिन फार्म दर्ता भएको हुनुपर्नेलगायतका झण्झट हुने गरेका ले तरकारी खेतीमा बीमाको सुविधा लिन नसकेको उनीहरू बताउँछन् । राज्यको अनुदान धनी किसानको लागि मात्रै भएको र आफूहरूजस्ता साना किसानको लागि कहिल्यै नपाउने अवस्था रहेको किसानको गुनासो छ ।
नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले अहिलेसम्म तेमाल र रोशीमा उत्पादन हुने तरकारी सिधै बनेपामा पुगेर घुमेर फेरि भकुण्डे नै आउने भएकाले तरकारीको बजार कस्तो छ भन्ने कुरा बुझ्न सकिने बताए । “त्यसरी बजारको व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा शहरी विकासअन्तर्गतको परियोजना र बिपी राजमार्ग करिडोरअन्तर्गतको रामेछाप–सिन्धुली–सुनकोशीको मध्यक्षेत्र नमोबुद्धमा तरकारी सङ्कलन केन्द्र बनाउने परियोजनाको विस्तृत अध्ययन हुँदैछ”, तिमल्सिनाले भने, “त्यसले पनि सङ्कलन केन्द्रको लागि ठूलो मद्दत पुग्ने भएकाले अब नगरपालिका एक क्षेत्रमा एक तरकारी पकेट क्षेत्रको घोषणा गरी अगाडि बढ्ने योजनामा रहेको छ ।”
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












