चिसोले बिरामीलाई सकस
हिमपातसँगै जुम्लामा बढेको अत्यधिक चिसोका कारण बिरामीको सङ्ख्या पनि बढेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दैनिक एकसयभन्दा बढी चिसोका बिरामी आउने गरेका छन् । चिसोका कारण दम, रुघाखोकी, झाडापखाला र पेट दुख्ने बिरामी बढेका हुन् । चिसोले बिरामीलाई निकै सकस भएको छ । चिसो तथा अन्य समस्याका कारण बिरामीको सङ्ख्या बढेपछि प्रतिष्ठानले उपचारमा चासो बढाएको जनाएको छ ।
प्रतिष्ठान भर्ना भएका चिसो तथा अन्य रोगका बिरामी जुम्ला, मुगु र कालिकोटका बढी छन् । गत हप्तादेखि भइरहेको हिमपातसँगै अत्यधिक बढेको चिसोले जनजीवन कष्टकर बन्नाका साथै हवाई उडानसमेत हुनसकेको छैन ।
कालीकोट र मुगुबाट गाडीमा आउने बिरामीलाई निकै सकस भएको छ । प्रतिष्ठानका चिकित्सक सूर्यमान लिम्बूले भने, “अन्य समयको तुलनामा यतिखेर चिसोका बिरामी बढिरहेका छन्, चिसोले विशेषगरी बूढाबूढी, बालबालिका र गर्भवती महिला समस्यामा छन् ।” उहाँका अनुसार प्रतिष्ठानमा आइसीयुसहित भेन्टिलेटर र अक्सिजन प्लान्टको व्यवस्था भएकाले सिटीस्क्यान गर्नुपर्नेबाहेक अरु बिरामी आएमा अन्यत्र सिफारिश गर्नुपर्ने स्थिति छैन ।
प्रतिष्ठानको आइसीयुमा हाल भीरबाट लडेर गम्भीर घाइते भएका तातोपानी–७ का बालक रोशन कुँवर र ब्रेनस्टोनका बिरामी धनबहादुर रावललाई राखिएको छ भने अन्य सयौँ बिरामी विशेष तथा सामान्य वाडमा उपचाररत छन् । आर्थिक वर्ष २०७४/७५ मा मात्रै ४५ हजार बिरामीले उपचार सेवा लिएका थिए । प्रतिष्ठानको स्तरोन्नोतिसँगै जिल्लाभित्र र बाहिरका बिरामीको चाप बढ्दै गएको रजिस्ट्रार विश्वराज काफ्लेले बताए ।
उनले भने, “अब चिकित्सक र औषधि नपाएर कर्णालीबासीले मर्नुपर्ने स्थिति छैन, हामीसँग उपकरण र विशेषज्ञ चिकित्सकसहित ४० भन्दा बढी चिकित्सक मात्रै छन् ।” प्रतिठानले आफ्नो सेवा विस्तार र कर्णालीका स्वास्थ्यकर्मीको क्षमता विकास गर्न कालीकोट, मुगुलगायत कर्णालीका जिल्ला अस्पतालमा गएर उपचार पद्धतिबारे स्वास्थ्यकर्मीलाई आवाश्यक ज्ञान, सीप दिने गरेको डा सूर्यमान लिम्बूले बताए ।
बिरामी नरेन्द्र सुनारले गत वर्षको तुलनामा यो वर्ष प्रतिष्ठानले न्यानोका लागि आवश्यक कम्मलको व्यवस्था गरेको जानकारी दिए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












