८० प्रतिशत घटना मदिरा सेवनका कारण
रुकुम पश्चिम ।
त्रिवेणी गाउँपालिका– १ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले गत मङ्सिर १ गते राति श्रीमती र छोराको हत्या गरे । श्रीमती ४२ वर्षीया इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानेर तथा छोरा ११ वर्षीय स्वयंप्रकाशलाई खुकुरी प्रहार गरेर बुढाले हत्या गरेका हुन् ।
श्रीमती र छोराको हत्या गरी बुढाले खुकुरीले घाँटी रेटेर आत्महत्याको प्रयाससमेत गरेका थिए । अत्यधिक मदिरा सेवन गरी बुढाले श्रीमती र छोराको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ ।
त्यस्तै जिल्लाको आठबीसकोट नगरपालिका– १२ ठूलीबार्खुका ५२ वर्षीय रुद्रे पुनमगरले आफ्ना सहोदर भाइ ३४ वर्षीय इन्द्रे पुनको गत असार ६ गते राति हत्या गरे । चिर्पट प्रहार गरी भाइको हत्या गरेका पुन हत्याको भोलिपल्ट आफैँ जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । राति सँगै बसेर रक्सी खाएको र घरायसी विवाद हुँदा भाइको हत्या गरेको पुनले प्रहरीसामु बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमिति खड्काले जानकारी दिए ।
गत मङ्सिर २५ गते राति जिल्लाको बाँफीकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट भयो । अत्यधिक मदिरा सेवन गरेका स्थानीय युवाले आफ्नै घरमा सुतेका अध्यक्ष केसीमाथि कुटपिट गरी टाउको नै फुटाइदिए । कुटपिटबाट घाइते भएका अध्यक्ष केसीको टाउकोमा तीन टाँका लगाइएको थियो । कुटपिटबाट अध्यक्ष केसी एक महीनासम्म थलिएका थिए ।
जिल्लाको मुसीकोट नगरपालिका– १२ मा गत पुस १ गते तीन जनाको मृत्यु भयो । नयाँ गाउँमा भएको एक बिहेमा सहभागी जिल्लाको सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसीकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसीकोट नगरपालिका– १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको मृत्यु भएको थियो । उनीहरूको मृत्युका प्रमुख कारण मदिरा सेवन रहेको प्रहरीको भनाइ छ ।
उनीहरूले रक्सी सेवन गरेको र शव परीक्षणको रिपोर्टमा मृत्युको अन्य कुनै कारण नदेखिएको जिल्ला प्रहरी प्रमुख खड्काले बताउनुभयो । जिल्ला अस्पतालमा भएको शव परीक्षणको रिपोर्टमा पनि उनीहरूको मदिरा सेवनकै कारण मृत्यु भएको निष्कर्ष निकालिएको थियो । थप परीक्षणका लागि भित्री अङ्ग प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
त्यस्तै गत सातामात्र जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका– ४ चाँपामा अर्का एक व्यक्तिको शव फेला प¥यो । उनको पनि सम्भवतः मदिरा सेवनकै कारण मृत्यु भएको निष्कर्ष निकालिएको छ । उनले अत्यधिक मदिरा सेवन गरेको र शव परीक्षण गर्दा अन्य कुनै कारण नदेखिएको प्रहरीको भनाइ छ ।
जिल्लामा हुने आपराधिक घटनामध्ये अधिकांश मदिरा सेवनकै कारण हुने गरेको प्रहरीले जनाएको छ । असी प्रतिशत आपराधिक घटना मदिराकै कारण हुने गरेको उपरीक्षक खड्काले जानकारी दिए । “हामीले यो वर्ष भएका घटनाका कारण केलाएर हेरेका छौँ”, उनले भने, “जिल्लामा अधिकांश घटनाको प्रमुख कारण भनेकै मदिरा सेवन हो ।” बलात्कार, हत्यालगायतका घटना त शतप्रतिशत मदिराकै कारण भइरहेको खड्काले बताए ।
नौ महीनामा १५० घटना
जिल्लामा यो वर्षको हालसम्म करीब १५० घटना भएका छन् । वैशाखदेखि पुससम्म १३९ वटा आपराधिक घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो वर्षको जेठ र भदौमा सबैभन्दा बढी २२÷२२ वटा घटना भएका छन् । वैशाखमा ११, असारमा १४, साउनमा नौ, असोजमा २०, कात्तिकमा १५, मङ्सिरमा १२ र पुसमा १४ घटना घटेका छन् ।
सबैभन्दा बढी सार्वजनिक अपराध कसुरसम्बन्धीका ३३ वटा घटना रहेका छन् । यसका साथै भवितव्य ज्यानको २१, झुण्डिएर आत्महत्या गरेको २०, जबर्जस्ती करणीको १४, सवारी ज्यानको आठ, जबर्जस्ती करणी उद्योगको सात, कर्तव्य ज्यानको पाँच, विष सेवन गरी आत्महत्या गरेको चार, ज्यान मार्ने उद्योगको चार, फुटकर ज्यानको दुई, बेवारिसे ज्यानको एक, सवारी भवितव्य ज्यानको दुई, बहुविवाहको दुई र बालविवाहको एउटा घटना छन् ।
घटनाको दर
जिल्लामा प्रत्येक दुई महीनामा एक जनाको हत्या हुने गरेको छ । त्यस्तै प्रत्येक महीना तीन जनाले विष सेवन गरी आत्महत्या गर्ने गरेका छन् । महीनामा एक जनाको सवारी दुर्घटनामा ज्यान जाने गरेको छ । यसका साथै प्रतिमहीना दुई वटा ज्यान मार्ने उद्योग, प्रतिमहीना दुई वटा भवितव्य ज्यानका र प्रतिमहीना तीन वटा सार्वजनिक अपराधका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयले तयार पारेको अपराध विवरणमा उल्लेख छ ।
मदिरा नियन्त्रणको तयारी
प्रहरीले आपराधिक घटनाको प्रमुख कारक तत्व मदिरालाई मान्दै यसको नियन्त्रणसम्बन्धी काम गरिरहेको जनाएको छ । पछिल्लो समय जिल्ला समन्वय समितिको अगुवाइमा जिल्लामा मदिरा नियन्त्रणको तयारीसमेत शुरु भएको छ । हाल जिल्लामा आउने मदिरा बन्द गरिएको छ भने फागुन १६ गतेदेखि जिल्लामा मदिरामा पूर्णरूपमा बन्देज लगाउने तयारी गरिएको छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











