प्रतिवेदन तयार पार्दै बेपत्ता छानबिन आयोग
काठमाडौँ । द्वन्द्वकालीन घटनाको सत्य पत्ता लगाउन गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले अहिलेसम्म गरेका काम लिपिबद्ध गर्ने तयारी गरेको छ । आयोगले गठन गरेर काम शुरु गरेदेखि अहिलेसम्म गरेका काम लिपिबद्ध गर्ने तयारी गरेको हो ।
आयोगका प्रवक्ता प्रा डा विष्णु पाठकले भने, “अब फिल्डमा गएर काम गर्ने समय छैन, अहिलेसम्म गरेका काम लिपिबद्ध गर्न तयारीमा लागेका छौँ, आउने पदाधिकारीलाई पनि काम गर्न सजिलो हुन्छ ।” आयोगमा परेका दुई हजार ५२० उजुरी परेको थियो । ती उजुरीमध्ये १६ वर्षमुनिका १०२ छन् । त्यसमध्ये ६८ बालक र ३४ बालिका रहेका छन् । साठी वर्षमाथिका उजुरी ३८ रहेको छ ।
आयोगले ६४ जिल्लामा विस्तृत अध्ययन सम्पन्न गरेको छ । सो क्रममा आयोगले विस्तृत अध्ययनका क्रममा बेपत्ता पारिएका व्यक्तिका आफन्तसँग भेटेर छलफल गर्ने क्रममा १९ जना बेपत्तालाई घरमै फेला पारेको थियो ।
आयोगका प्रवक्ता पाठकका अनुसार उजुरीका आधारमा आयोगले विस्तृत अध्ययन ६४ जिल्लामा सम्पन्न गरेको छ । बाँकी जिल्लामा विस्तृत अध्ययन गर्न समय पनि नपुग्ने देखिएपछि गरिएन ।
“आयोगले विस्तृत अध्ययन सकेपछि पीडकलाई बयान लिने, सार्वजनिक सुनुवाइ गर्ने र केही केशहरुको उत्खनन् गर्ने तय गरेको थियो”, आयोगका प्रवक्ता पाठकले भने, “पदाधिकारीको समय सकिने भएपछि अहिलेसम्म गरेका कामको प्रतिवेदन तयार गर्नुपर्ने जरुरी हुन्छ ।”
सो आयोग द्वन्द्वकालीन घटनाको वास्तविकता पत्ता लगाउने, राहत तथा परिपूरण, पीडिकलाई कारवाहीका लागि सिफारिश गर्नेलगायतका उद्देश्यका साथ २०७१ माघ २७ गते गठन गरिएको थियो ।
मानवाधिकारको गम्भीर उल्लङ्घनसम्बन्धी घटनाको छानबिन, सत्य–अन्वेषण तथा अभिलेखन गर्ने, वास्तविकता सत्यतथ्य जनसमक्ष ल्याउने, पीडित तथा व्यक्ति बेपत्ता पार्ने कार्यमा संलग्न आरोपित व्यक्ति (पीडक) को यकिन गर्ने उद्देश्य थियो ।
त्यस्तै उद्देश्यमै पीडित परिवारका लागि परिपूरणका लागि सिफारिश गर्ने, सशस्त्र द्वन्द्वका अन्र्तनिहित कारण र भविष्यमा त्यस्ता घटना दोहोरिन नदिनका लागि गर्नुपर्ने कुराहरुका विषयमा अनुसन्धान गर्ने, पीडित, साक्षी, आरोपित तथा अन्य संलग्न व्यक्तिलाई कागज बयान गराउने, सार्वजनिक सुनुवाइ गर्नेलगायत रहेको थियो ।
संविधानले आयोगको कार्यअवधि दुई वर्षका लागि तोकिएको थियो । तर काम सम्पन्न गर्न नसकेमा सरकारले एक वर्ष थप्न सकिने व्यवस्था गरेको थियो । तीन वर्षसम्म पनि आयोगले काम पूरा गर्न नसकेपछि ऐन संशोधन गरी सरकारले एक वर्षका लागि आयोगको म्याद थप गरेको थियो ।
सो अवधिमा पनि आयोगले काम पूरा नगरेको हुँदा आगामी चैत मसान्तबाट सरकारले पदाधिकारीको म्याद समाप्त नयाँ पदाधिकारी आउने र आयोगको म्याद एक वर्षका लागि थप गर्नेसम्बन्धी विधेयक संसद्मा पेश गरेको छ । सरकारले यही माघ १५ गते सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन गर्न बनेको आयोग ऐन २०७१ लाई दोस्रोपटक संशोधन गर्न बनाइएको विधेयक संसद् सचिवालयमा दर्ता गरेको छ ।
सो विधेयकमा आयोगको एक वर्षका लागि म्याद थपिने तर पदाधिकारीको समय आगामी चैत मसान्तसम्म रहने व्यवस्था गरिएको हुनाले बेपत्ता आयोगले हालसम्म गरेको कामको प्रतिवेदन तयार गर्न लागेको हो ।
द्वन्द्वपीडितले पनि आयोगको पुनःसंरचना गर्नुपर्ने र अहिलेका पदाधिकारीबाट काम नहुने उल्लेख गर्दै आएका थिए । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले सरकारले विधेयक संशोधन गर्न लागेकाप्रति द्वन्द्वपीडित आशावादी रहेको र आउने पदाधिकारीले पीडितलाई न्याय दिने तरिकाले काम गर्ने ढोका खुला भएको प्रतिक्रिया दिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












