तीन सय पेटी मदिरा बरामद
अछाम । साँफेबगरबाट चौरपाटी गाउँपालिकातर्फ लैजाँदै गरेको रु दुई लाख मूल्य बराबरको गुणस्तरहीन मदिरा चौखुट्टे प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ ।
माघ १८ गते बेलुका साफेबगरबाट चौखुट्टेको बाटो हुँदै चौरपाटीतर्फ लैजाँदै गरेको ३०० पेटी सौफी नामको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानीय युवा, व्यापारी र सरोकारवालाको पहलमा मदिरा नियन्त्रणमा लिइएको प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक असई मदन धामीले जानकारी दिनुभयो । साँफेबगरको पन्त जनरल स्टोरबाट चौरपाटीतर्फ लैजाँदै गरेको सो मदिरा सबै सरोकारवालाको रोहवरमा आज नष्ट गरिने जनाइएको छ । ओसारपसारमा संलग्न ट्याक्टरलाई भने नियमअनुसार रु पाँच हजार जरिवाना गरी छाडिएको प्रहरीले जानकारी दिएको छ ।
पछिल्लो समय अछाम प्रहरीले जिल्लाभरि नै कमसल, अवैध र घरेलु मदिरा नियन्त्रण कार्यलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ । जताततै पाइने कमसल र घरेलु मदिराका कारण समाजमा विभिन्न अराजक क्रियाकलाप बढेको भन्दै प्रहरीले सक्रियता बढाएको र यसमा सबै जनप्रतिनिधि र सरोकारवालाको सहयोग रहेको प्रहरीको भनाइ छ ।
सुन कर्जा शुरु
राष्ट्रिय वाणिज्य बैंक अछाम शाखाले सुन धितोमा कर्जा प्रवाह शुरु गरेको छ । १७ वर्षदेखि रोकिएको सुन कर्जा पुनः सञ्चालन गरिएको शाखाले जनाएको छ । विसं २०५८ मा अछाम आक्रमणको बेला बैंक ध्वस्त भएसँगै असुरक्षाका कारण हालसम्म सुन धितोमा हुने कर्जा प्रवाह कार्य रोकिएको थियो । अछाम आक्रमणपछि ढुकुटी नेपाली सेनाको संरक्षणमा राख्नु पर्दा कर्जा प्रकिया रोकिएको वाणिज्य बैंक मङ्गलसेन शाखाका प्रबन्धक गणेशबहादुर विष्टले बताए ।
बाणिज्य बैंकको ढुकुटी नेपाली सेनाको क्याम्पमा राख्नुपर्ने बाध्यता हटेसँगै सुन कर्जाको काम शुरुआत गरिएको उनको भनाइ छ । बैंकले नियमअनुसार सुनको जम्मा मूल्यको ७० प्रतिशत रकम १२ प्रतिशत ब्याजमा लगानी गर्ने व्यवस्था रहेको प्रबन्धक विष्टले जानकारी दिए ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











