प्रधानमन्त्रीको सम्बोधनपछि रिले अनशन तोडियो
विगत एक महीनादेखि हुलाकी सडकअन्तर्गत पर्ने कमला र बलान नदीको पुल निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जारी राखेको रिले अनशन तोडिएको छ । गत पुस १७ गतेदेखि सदरमुकाम सिरहास्थित महावीर चौकमा सङ्घर्ष समितिले रिले अनशन बस्दै आएको थियो ।
हुलाकी सडकमा पर्ने कमला र बलान पुल २०७७ वैशाखसम्ममा उद्घाटन हुने निश्चित भएकाले रिले अनशन तोडिएको सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले जानकारी दिए । शहीद हेमनारायण यादवको १५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी सडकमा पर्ने कमला र बलानको पुल २०७७ वैशाख २ गते उद्घाटन गर्ने घोषणा गर्नुको साथै भौतिक योजनामन्त्री रघुवीर महासेठले समेत कुनै पनि हालतमा एक वर्षमा पुल बनाउने प्रतिबद्धता व्यक्त गरेकाले संसदीय विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काको रोहवरमा एक महीने लामो अनशन तोडिएको संयोजक यादवले बताए ।
कमला र बलान नदीमा गत विसं २०६८ देखि नै पुल निर्माणको काम थालिए पनि सात वर्ष बित्दासमेत निर्माणकार्य पूरा नभएको भन्दै सरकारलाई दबाब दिन सङ्घर्ष समितिले रिले अनशन, पदयात्रालगायतका दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
तराई मधेशको मेरुदण्डको रुपमा मानिने हुलाकी सडकमा पर्ने कमला नदीको पुल निर्माण गर्न विसं २०६८ जेठ ३१ गते शर्मा पप्पु लुम्बिनी जेभीले रु २८ करोड १५ लाख ९७ हजारमा ठेक्का लिएको थियो । साढे तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरे पनि अहिलेसम्म काम पूरा हुनसकेको छैन ।
प्रधानमन्त्री ओलीलाई महासङ्घले बुझायो ज्ञापनपत्र
प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले ज्ञापनपत्र बुझाउँदै सुनकोशी –कमला डाइभर्सन सिँचाइ आयोजना सञ्चालन गर्न माग गरेको छ ।
शहीद हेमनारायण यादवको १५औँ स्मृतिसभामा सहभागी हुन शनिबार सिरहा आउनुभएका प्रधानमन्त्री ओलीलाई राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । सिरहासहित छिमेकी जिल्लामा सिँचाइ सुविधा पु¥याउन र कृषि क्षेत्रलाई व्यवसायीमुखी र आत्मनिर्भर बनाउनका लागि सुनकोशी–कमला डाइभर्सन सिँचाइ आयोजना गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल प्रदेश नं २ का अध्यक्ष मुक्तिनारायण यादवले बुझाउनुभएको सो ज्ञापनपत्रमा किसानले चिनी मिललाई बिक्री गरेको उखुको भुक्तानी नपाएकाले भुक्तानी गराउनुपर्ने, नमूना करार खेतीलाई तराई क्षेत्रका सबै स्थानीय तहमा लागू गर्ने व्यवस्था मिलाउनुपर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई साना किसानमैत्री बनाई कार्यान्वयन गर्नुपर्ने र जङ्गली जनावरबाट व्यापक बालीनालीको क्षति हुँदै आएकाले जङ्गली जनावरको नियन्त्रण गर्नुपर्ने माग गरिएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












