राजधानीमा ‘चरा सम्मेलन’
काठमाडौंँ । दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, “मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झैझगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार दाना अन्नका लागि भीषण युद्ध गर्छन्, यस्तो चालाले कसरी चल्छ ?”
मग्न भएर चराहरूले फाप्रेका कुरा सुन्दै गए । “मैले कयौँ साल जलथलमा सबैतिर यात्रा गरेँ, अनगिन्ती रहस्य थाहा पाएँ, थाहा छ तिमीहरूलाई रु हाम्रा एक राजा रहेछन् नी !”
सुगाले आश्चर्य प्रकट ग-यो, “राजा राजा ।” सबै चरा चिरबिर गर्न थाले । “हो, हामीले उनलाई खोज्नै पर्छ, नत्र हामी सबैको नाश हुनेछ, हाप्रेले भन्यो । उपस्थित चराले सामूहिक स्वरमा उल्याए । “कति राजा देखियो, कति राजा भोगियो, फेरि अर्को राजा किन चाहियो ?” “हे बुद्धि उडेका चराहरू, मेरो कुरा राम्ररी सुन, प्रभुको नाम हो सिमोर्घ, हो, चराको अश्लील महाराजा उनै हो । उनलाई भेट्न जाने आँट पनि मुटु भएकाले मात्रै गर्छ ।” फाप्रेको कुरा सुनेर फेरि चराहरूले सोधे, “के सिमोर्घ साँच्चै छन् त ?”
फाप्रे, “छन् ।”
कतिपय चराहरूले राजा भेट्ने मोह जगाए भने केहीले शङ्का व्यक्त गरे । ऐसआराम नपाउने भन्दै कालिज र राजहाँसले यात्रामा नजाने निधो सुनाए । यसरी भेला हुनेमा सुगा, ढुकुर, कोइली, भङ्गेरा, हाँस, कालिज मयुर, बाज, उल्लुलगायत थरी–थरीका चरा थिए ।
चराहरूको नेता बनेको टाठोबाठो चरो फाप्रेले अन्य चराहरूलाई उक्साउँदै राजा खोज्न प्रेरित गरिनै रह्यो । बाँकी चरालाई विभिन्न कथा र फुँदा गाँसेर फाप्रेले सिमोर्घ खोज्न लग्यो । उतार चढावले यात्र निक्कै कठीन बन्यो । यात्राका क्रममा उनीहरूले मरुभूमि, प्रेम, बुझाइ, विश्मय, विनाश, एकता र मृत्युको उपत्यका पार गर्नुपर्ने भयो ।
फाप्रेले बेलाबेलामा कथा सुनाउँदै थकित चरालाई हौस्याउँदै लान्थ्यो । उड्न नसक्ने अवस्थामा पुगेका चराहरूलाई उसले कथा सुनाउँदै अगाडि बढाउँथ्यो । नमान्ने चराहरूलाई फेरि जोसिला कथाले पगाल्थ्यो ।
सिमोर्घलाई एकताको प्रतीकको रूपमा परिभाषित गर्दै फाप्रेले उसको एउटा सुन्दर प्वाँख देखाएर पहिले नै मुग्ध पारिसकेको थियो । फाप्रेले दासको कथा, ऋषिको कथा, राजकुमारीको कथा अनि पीडाका कथा सुनाउँदै चराहरूलाई सहभागी गराउँथ्यो । दुःखकष्ट झेल्दै चराहरू यात्रामा दौडिरहे ।
अन्ततः काफ प्रदेशमा उनीहरूले सिमोर्घ भेट्छन् । त्यो सिमोर्घ अरु कोही नभएर उनीहरू आफैँ भएको रहस्य खुल्छ । यात्राका क्रममा महात्मा, बूढो मानिस, मगन्ते, बटुवा, राजा र चोरसँगका उपकथाले नाटकलाई जीवन्त पारेको थियो ।
अन्ततः हरेक कुरा आफैँभित्र छ, देख्न सक्नुपर्छ भन्ने सामाजिक सन्देश दिन सफल नाटक ‘चराको सम्मेलन’ पर्सियाका सुफी कवि फरिद उद्दीन अत्तरले लेखेको नाटकको नेपाली अनुवाद हो । एक्टर्स स्टुडियोको प्रस्तुतिमा शनिबारदेखि राजधानीको कौसी थिएटरमा उक्त नाटक मञ्चन शुरु गरिएको छ ।
पर्सियाली नाटकलाई पिटर ब्रुक र ज्याक्लोद कायरले नाट्य रूपान्तरण गरेका हुन् । नेपाली अनुवाद भने पुष्पराज आचार्यको हो । उक्त नाटक नेपालीमा निर्देशन गर्न पाएकोमा खुशी भएको निर्देशक दिया मास्केको भनाइ छ । बीसौं भारतीय नाट्य महोत्सवमा सहभागी हुन जाने क्रममा त्यसको तयारी स्वरूप यहाँ पाँच दिनका लागि नाटक मञ्चन गरिएको आयोजकले जनाएको छ । गएको असोजमा शिल्पी थिएटरमा पनि यो नाटक मञ्चन भएको थियो ।
नाटकमा केही मिथक र रहस्य अनौठा लाग्ने खालका छन् । मान्छेको यात्रा भनेर देखाउन नमिल्ने भएकाले यहाँ चरालाई प्रयोग गरिएको छ । नाटक हेर्ने दर्शकलाई एक घण्टा ३० मिनेट आलस्य लाग्दैन ।
कहिले खित्का छाडेरै हाँस्न मन लाग्छ भने कहिले शान्त । नाटकमा चरारूपी मानिस पात्रले जीवन्त प्रस्तुति दिएका छन् । चराकै हाउभाउ र चराका आवाज मिसाएर कलाकारले कला प्रस्तुत गरेका छन् ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











