कांग्रेसका शिर्ष नेताहरु विभिन्न जिल्लामा, यी हुन आन्दोलनका मुख्य मुद्धा
केन्द्रिय समितिको पूर्व घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेसले आज देशभरी नै सरकार विरुद्ध विरोध प्रदर्शनका कार्यक्रम गर्दैछ ।
वाइडबडी खरिदमा भएको घोटाला, ३३ किलो सुन काण्ड, निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानबिन लगायतका विषयमा सरकारसँग असन्तुष्ट रहेको काँग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।
साथै बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय, भेनेजुएला प्रकरणमा सरकार र नेकपाले गरिरहेको अमेरिकाको विरोध, महँगी, भ्रष्टाचार तथा अनेकौँ जनविरोधी निर्णयहरु पनि कांग्रेस आन्दोलनका मुख्य एजेण्डा हुन् ।
यसैबीच शीर्ष तहका नेताहरु विभिन्न जिल्लामा परिचलन गरिएका छन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौँको विरोध सभालाई सम्बोधन गर्नेछन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँ , उपसभापति विमलेन्द्र निधि धनुषा र सहमहामन्त्री प्रकाशशरण महतले दाङमा हुने विरोध सभालाई प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै महामन्त्री डा. शशाङ्क कोइरालाले नवलपरासी, शेखर कोइरालाले मोरङ, गगन थापाले पोखरा र प्रवक्ता विश्व प्रकाश शर्माले चितवनको कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।
यसैगरि केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नुवाकोटमा हुने विरोध सभालाई सम्बोधन गर्दैछन् । काठमाडौँमा १ बजेपछि हुने विरोध प्रदर्शनका लागि सहरका विभिन्न स्थानबाट र्याली निकाल्ने र रत्नपार्कस्थित शान्ति बाटिकामा कोणसभामा परिणत गर्ने काँग्रेसले जनाएको छ ।
माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले सरकारविरोधी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












