साढे सात करोड लागतमा बन्ने पर्यटकीय पार्कको डिपिआर तयार
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण हुन लागेको जैविक पर्यटकीय पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । शिखर हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र निर्माण हुन लागेको सो पार्कको डिपिआर निर्माण सकिएको हो ।
डिपिआर निर्माणसँगै एक महीनाभित्र निर्माणको काम शुरु गरिने उपभोक्ता समूहका अध्यक्ष केदार आचार्यले जानकारी दिए । बहुवर्षीय योजनाको रुपमा रहेको पार्क रु सात करोड ५० लाख लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न गरिने आचार्यले बताए। करीब रु १० लाखको लागतमा स्वराज कन्सल्टेन्टले डिपिआर निर्माणको काम सम्पन्न गरेको हो ।
निर्माणाधीन अवस्थामा नै तीन वर्षमा पार्क सञ्चालन गर्ने सामुदायिक वनको तयारी छ । घुम्न आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्नुका साथै वनस्पतीसम्बन्धी शिक्षा दिनु पार्क निर्माणको मुख्य उद्देश्य भएको आचार्यले बताए । पार्क निर्माणका लागि प्रदेश नं ३ सरकारले रु तीन करोड विनियोजन गरेको छ भने राप्ती नगरपालिका र सामुदायिक वनले समेत बजेट विनियोजन गरेका छन् । इको टुरिजम पार्कमा आकर्षक बगैँचा, पौडीपोखरी, भोजस्थल, विभिन्न आकर्षक पुल, विश्रामस्थल, चौतारो, टिकट घर, पार्किङस्थल, शौचालयलगायतका भौतिक संरचना निर्माण हुनेछन् ।
Comments
अरु समाचार
-
कञ्चनजङ्घा क्षेत्रमा २०५७ यताकै पर्यटक आगमन उच्च
काठमाडौं । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ...
-
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
काठमाडौं । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित करपुरेश्वर पार्क पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ । यहाँ बेँसीसहर नगरपालिकाले उद्यान निर्माण...
-
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
काठमाडौं । चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ। वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा...
-
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
काठमाडौं । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी...
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
काठमाडौं। बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको...
-
अन्नपूर्णको आधार शिविर क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा पर्यटन व्यावसायी उत्साहित
काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको...
-
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल...
-
प्रतिकुल मौसम कारण एक हजार बढी पर्यटक मन्थलीमा रोकिए
काठमाडौं । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट...
-
पर्वतको पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल
काठमाडौं । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादसैँ पछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको छ । बडादसैँ मनाएर सकिएपछि...