गगनको कालो कर्तुत पर्दाफास गर्न पोखरामा नेविसंघको कालो झण्डा, आखिर के थियो त्यस्तो कारण ?
काठमाडाैं । नेपाली कांग्रेसका युवा तथा प्रभावशाली नेता गगन कुमार थापालाई कांग्रेस भित्र नै लखेटन खोजिएको छ ।
पोखराको कार्यक्रममा भाषण गर्न पुगेका थापालाई नेविसंघका नेताहरुले नै कालो झण्डा देखाएर बहिष्कार गरेपछि उनी अत्यन्तै निराश बनेर काठमाडाैं फर्किएको स्रोतले जनाएको छ ।
कांग्रेसको महाधिवेसन नजिकिदै गर्दा नेता थापामाथि विभिन्न षडयन्त्रहरु हुन थालेको भन्दै उनको सचिवालयले दुःख व्यक्त गरेको स्रोतको दावी छ। तर, उनलाई कालो झण्डा देखाइनुमा यस्तो कुनै विषेश कारण नभएर नेविसंलाई उनले आन्दोलनमा होमिन निर्देशन दिने तर जनताकासामू नेविसंको विरोध गरेजस्तो गरेर लोकप्रिय बन्न खोज्दा यस्तो दुर्घटना बेहोर्नु परेको एक नेताले नाम नबताउने सर्तमा न्युज-नेपाललाई जनाए ।
थापालाई नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो । कांग्रेसको विरोध सभालाई सम्बोधन गर्न भन्दै त्यहाँ पुगेका थापालाई कालो झण्डा किन देखाइयो भन्ने कुरा सार्वजनिक गर्न नमाने पनि कालो झण्डा देखाउने कार्यक्रममा सहभागी एक नेताले नाम नबताउने सर्तमा भने, थापाको चुरुफुरि आफ्नै पाराको छ । यसले न पार्टीलाई फाइदा हुन्छ न देशलाई नै । उनी देशको हितको नाममा अनेक तानाबाना बुन्न माहिर नेता हुन् । म यहि पार्टीमा छु, कुनै बेला गगन भनेपछि हुरुक्कै हुने म अहिले आएर सबै बुझे तर, सोचे जस्तो केहि होइन रहेछ । उनी त फटाहा रहेछन् ।
नेविसंघलाई घरमा गोप्य ढंगले बोलाएर आन्दोलनका कार्यक्रम हिंसात्मक हुन पर्छ । सरकारले हामीलाई देखेन भनेर निर्देशन दिने तर, पर्दा अगाडी भने नेविसंघ कै विरोध गर्ने ? उनको दम्भ तोड्न र कांग्रेसको निति तथा कार्यकर्ताको मनोविज्ञानलाई बुझेर काम गरुन भनेर कालो झण्डा देखाइएको हो । अरु केहि होइन । ती नेताले भने ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











