बिर्तामोड महोत्सवः दुर्गा प्रसाईँको गृह जिल्लामा ९ सय किलो मार्सि चामल बिक्रि !
काठमाडाैं । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ ।
‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले बताए । राउतका अनुसार काठमाडौँमा रहेको सो सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर विक्री वितरण गर्दै आएको छ ।
“पहिले मार्सी चामलबारे थाहा पाएकाहरुले मात्र किन्थे, अहिले झापाका दुर्गा प्रसाईंले यसलाई ब्राण्ड नै बनाइदिनुभयो”, उनेले भने, “प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्र्रचण्ड’लाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको हो ।” पूर्वको प्रमुख व्यापारिक शहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजित सो महोत्सवमा करीब रु दुई करोड बढीको कारोवार भएको आयोजक समितिका उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
महोत्सवमा घरेलु उत्पादनका साथै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको उहाँले बताए । उनका अनुसार २१० कक्ष रहेको महोत्सवमा मङ्गलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर अवलोकन गरेका छन् । महोत्सव आज सकिँदैछ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











