यी हुन संसदमा उठेका प्रश्न
चितवन र नवलपुर जिल्लामा तत्काल हुलाकी सडक निर्माणमा सरकारले प्राथमिकता नदिएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
चितवन र नवलपुरमा हुलाकी सडक निर्माणको काम शुरु हुन नसक्दा ती जिल्लाका हजारौँ नागरिक समस्यामा परेको भन्दै सांसद तिलबहादुर महत क्षेत्रीले तत्काल सो राजमार्ग निर्माणमा ध्यान दिन आग्रह गरे ।
शून्य समयमा आफ्नो धारणा राख्दै उनले गण्डकी प्रदेशको प्रमुख नाकासमेत रहेको कालीगण्डकी करिडोर नवलपुर जिल्लामा जोडिने भएकाले ती दुई महत्वपूर्ण आयोजना अगाडि बढाउन सकिए आर्थिक गतिविधि र विकास निर्माणको प्रक्रियाले गति लिने उनको भनाइ थियो ।
पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणतिर रहेको बस्तीमा सडक निर्माण हुन नसक्दा स्थानीय जनताले कष्टकर जीवनयापन गर्नुपरेको भन्दै सडक निर्माणको काम अगाडि बढ्न नसकेकामा गुनासो गरे ।
उनले विकास निर्माणको काममा भइरहेको ढिलाइका कारण समस्या बढेको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरे ।
पूँजीगत खर्च नबढेकामा चिन्ता
यस्तै शून्य समयमा सांसद डिला सङ्ग्रौलाले पूँजीगत खर्च बढ्न नसकेकामा गुनासो गरे । वर्तमान सरकारले आर्थिक समृद्धिको लक्ष्य राखेको भए पनि मुलुकको आर्थिक सूचकाङ्क सकारात्मक नभएको, शोधान्तर खाता बढेको तथा उपभोग्य र निर्माण सामग्रीको मूल्य बढेकामा चिन्ता व्यक्त गरे ।
त्यस्तै सांसद तेजुलाल चौधरीले नेपाल वायु सेवा निगमले खरीद गरेको दुई वटा वाइडबडीमा भएको भनिएको अनियमितताको सम्बन्धमा गरिएको छानबिन प्रतिवेदनले दोषी देखाइएकालाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भन्दै प्रश्न गरेका थिए ।
स्थानीय तहमा विगतदेखि शुरु भएका साना आयोजनामा सरकारले ध्यान नदिएका कारण करोडौँको लगानी खेर भएको भन्दै सांसद दीलेन्द्रप्रसाद बडूले त्यस्ता आयोजना केन्द्र, प्रदेश र स्थानीय सरकार कसले हेर्ने हो यथाशीघ्र जानकारी गराउन आग्रह गरे ।
सांसद पुष्पा भुसालले देशव्यापीरुपमा महिला हिंसाको घटना बढेको र सरकारी निकायले दोषीलाई कारवाही गर्न नसकेको, निर्मला पन्तको बलात्कारपछिको हत्याका सम्बन्धमा हालसम्म कुनै पनि प्रगति हुन नसक्नु दुःखद् रहेको बताए ।
सांसद प्रभु साहले सार्वजनिक सवारी साधनमा महिला, ज्येष्ठ नागरिकलाई छुट्याइएको सिटमा आरक्षण नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद बालकृष्ण खाँणले आफ्नो पार्टी निकटका नेपाल विद्यार्थी सङ्घका अध्यक्षलगायत कार्यकर्तालाई दुःख दिइएको भन्दै गुनासो गर्नुभयो । उनले झुटो मुद्दा लगाइएका विद्यार्थी नेताको मुद्दा तत्काल फिर्ता लिनसमेत आग्रह गरे ।
भेनेजुयलाका बारेमा स्पष्ट जानकारी दिन माग
दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिकालगायतका देशले अनावश्यक चासो राखेको भन्दै सांसद प्रेस सुवालले नेपाल सरकारकोतर्फबाट स्पष्ट धारणा सार्वजनिक गर्न माग गरे ।
सार्वभौम मुलुकमाथि कुनै पनि देशले अनावश्यक चासो दिने, हस्तक्षेप गर्न नपाइने अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्मान गर्नुपर्नेमा त्यस्तो नभएकाले नेपाल जस्ता मुलुकले स्पष्ट अडान सार्वजनिक गर्नुपर्ने बताए ।
उनले भेनेजुयलाका विषयमा सङ्घीय संसद्मा समेत छलफल गर्न माग गरे । शून्य समयमा सांसदहरु देवप्रसाद गुरुङ, देवेन्द्रराज कँडेल, अम्बिका चौधरी, पार्वती डिसी चौधरी, धर्मशीला चापागाईंले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सरकार र सदनको ध्यानाकर्षण गराएका थिए ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











