विश्वकै ठूलो त्रिशूल भएको स्थानमा महायज्ञ
घोराही । दाङस्थित विश्वकै ठूलो भनिएको त्रिशूल भएको स्थानमा महायज्ञ लाग्ने भएको छ । धार्मिक पर्यटनको हिसाबले निकै चर्चित बनेको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानी धाममा महायज्ञ लाग्ने भएको हो ।
यहाँ भक्तजनको घुइँचो बढ्न थालेपछि पाण्डवेश्वर मन्दिर धारपानीको पूर्वाधार विकास र बृहत् आध्यात्मिक पर्यापर्यटकीय केन्द्र स्थापनार्थ महायज्ञको आयोजना गर्न थालिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए ।
स्वधर्म र स्व संस्कृतिको संरक्षण र विकासका लागि आधुनिक गौशाला निर्माण गर्ने, गुरुकूलको माध्यमबाट आफ्नो प्राचीन संस्कृतिको जगेर्ना तथा वेद वेदाङ्गको पठनपाठन गराउने, पाण्डवेश्वर धार्मिक वनभित्र तपोयोगको विशिष्टता प्रवद्र्धन गर्न ध्यान केन्द्रको स्थापना गराउने, सिङ्गो दाङ उपत्यकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउनका लागि महायज्ञ आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए ।
यस्तै मन्दिरसम्म पुग्नका लागि बबई नदीमा ड्याम निर्माण गरेर ढुङ्गा तरेर मन्दिर पुग्ने, मन्दिरदेखि माथि अग्लो पहाडमा रहेको भगवतीको मन्दिरसम्म पुग्नका लागि पाँच हजार सिडीसहितको बाटो बनाउनेलगायतका योजना पनि मन्दिर व्यवस्थापन समितिले अगाडि बढाएको छ ।
पछिल्लो समय भक्तजनले सानातिना धेरै पूर्वाधार निर्माण गरेपछि त्यसको एकीकृत व्यवस्थापनका लागि भए पनि मन्दिरलाई रकम आवश्यक परेको उनले जानकारी दिए ।
“हामीले केही समय अघि करीब रु ९० करोडको गुरुयोजना तयार गरेका छौँ,” उनले भने, “गुरुयोजना पूरा गर्नका लागि प्रदेश सरकारबाट रु दुई करोड विनियोजन भएको छ । अन्य रकम हामी आफैँले जुटाउनुपर्ने छ ।” मन्दिरले थालेको दश वर्षीय गुरुयोजनालाई पूरा गर्नको लागि महायज्ञबाट थोरै भए पनि सहयोग मिल्ने उनले आशा व्यक्त गरे ।
उनले महायज्ञको मुख्य उद्देश्य भने पाण्डवेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्न र यहाँ पाँचलाख पर्यटक तथा भक्तजन सहभागी गराउने रहेको जानकारी दिए ।
उनले धारपानीलाई जिल्लाका अन्य धार्मिक पीठसँग जोड्ने सर्किटको रुपमा विकास गर्नका लागि पनि महायज्ञ गर्न लागिएको महायज्ञ निर्देशक अमरबहादुर डाँगीले बताए ।
उनले धारापानीलाई देउखुरीको बागरबाबा, धारपानी, गोरक्ष रत्ननाथ मन्दिर हुँदै प्युठानको स्वर्गद्वारी जोड्ने सर्किट बनाउने आफूहरुको योजना रहेको पनि बताए ।
विश्वकै अग्लो त्रिशूल राखिएको पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा आयोजना हुन लागेको महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत सप्ताहको कथा वाचन गर्नेछन् ।
महायज्ञ आउँदो फागुन ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











