एसपी नरेन्द्र उप्रेतीले किन दिए राजीनामा ?
बढुवामा आफ्नो नाम नपरेको भन्दै एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन्। गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिवार १४ जना एसपीलाई एसएसपीमा बढुवा गरेको सूची प्रकाशित गरेको थियो तर त्यसमा उप्रेतीको नाम थिएन् । उप्रेतीले उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा पत्र बुझाएका हुन्।
१४ जनामध्ये सशस्त्र प्रहरी गण नं १ नक्सालमा दरबन्दी रहेका सन्दीप भण्डारी पहिलो नम्बरमा छन्। त्यसै गरी प्रहरी प्रधान कार्यालय युएन जगेडामा दरबन्दीमा रहेका टेकप्रसाद राई र इन्टरपोल शाखामा रहेका उमेशराज जोशी थोरै अंक अन्तरले दोस्रो र तेस्रो नम्बरमा छन्।
बढुवा सिफारिस सूचीमा पर्नेमा श्यामलाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल नाम रहेको छ।
एसपी उप्रेतीले आफूभन्दा जुनियर प्रहरी अधिकृतको बढुवा भए पनि आफ्नो नभएकाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्।
एसएसपीमा बढुवा भएका भीम ढकाल, दीपक थापा, टेकबहादुर तामाङ जुनियर हुन्। एसपी उप्रेती हाल महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत छन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












