माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना शिलान्यास
नुवाकोट ।
माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आज नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास भएको छ ।
नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गरेका हुन् ।
कार्यक्रममा मन्त्री पुनले आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै नेपाललाई आन्तरिक प्रयोजनका लागि १० हजार मेगावाट बिजुली आवश्यक रहेको बताए । “विदेशमा बिक्रीका लागि होइन, हामी आफ्नै लागि अबको केही वर्षमा १० हजार मेगावाट बिजुली आवश्यक पर्छ । हिउँदमा १० हजार मेगावाट उत्पादन हुन कम्तीमा पनि १५ हजार मेगावाट उत्पादन हुने आयोजना चाहिन्छ”, उनले भने ।
मन्त्री पुनले अहिले ‘रन अफ रिभर’ (बहाव) मा आधारित धेरै आयोजना भएकाले सरकारले अब जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेको बताए । उनले जलविद्युत्मा नागरिकको लगानीको अवसर प्रदान गर्न ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराको कार्यान्वयन गरिरहेको समेत बताए ।
मन्त्री पुनले जलविद्युत्मा आत्मनिर्भर भएमा देशले भोगिरहेको व्यापार घाटासमेत घट्ने र सरकारले लिएको दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्यलाई हासिल गर्न समेत सहयोग पुग्ने बताए । कार्यक्रममा ऊर्जा सचिव दिनेश घिमिरेले आयोजनालाई समयमा नै सम्पन्न गराउन स्थानीयवासीको सहकार्य र भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका अध्यक्ष कुलमान घिसिङले माथिल्लो त्रिशूली थ्री बी निर्धारित समयभन्दा अगाडि नै निर्माण गर्न सकिएमा मुलुकभर भरपर्दो र नियमित विद्युत् आपूर्तिमा ठूलो योगदान पुग्ने बताए । उनले आयोजना तोकिएको समयभन्दा अगाडि निर्माण सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग र समन्वय गर्नुपर्ने बताए ।
कार्यक्रममा सांसद हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडाले स्थानीयवासीले विद्युत् उत्पादनका लागि आफ्ना उत्पादनमूलक जग्गा जमीन प्रदान गरेकाले स्थानीयवासीको योगदानको बेवास्ता नगर्न आयोजनालाई आग्रह गरे । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ र जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले सरकारले अब जलाशययुक्त आयोजनालाई प्राथमिकता दिन आग्रह गर्दै आयोजना निर्माणमा आवश्यक समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इञ्जिनीयरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङसँग २९ माघ २०७४ मा तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर र रु एक अर्ब ९१ करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रो–मेकानिकल र हाइड्रो–मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको ढाँचा, निर्माण तथा जडान गर्नेछ ।
कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीले हाल निर्माण कार्यका लागि आवश्यक सम्पूर्ण निर्माण उपकरण तथा सामग्रीको परिचालन गरी मुख्य सुरुङ (३८०० मिटर), विद्युत् गृह, सर्ज ट्याङ्कलगायतका संरचनाको काम शुरु गर्ने अवस्थामा रहेको जानकारी दिनुभयो । तीन वर्ष निर्माण अवधि रहेको आयोजनाको काम २९ फागुन २०७७ भित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको उनले बताए ।
नुवाकोट र रसुवामा निर्माण हुने आयोजना प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए को क्यास्केड आयोजना हो । क्यास्केड भएकाले माथिल्लो त्रिशूली थ्री बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन ।
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहनेछ ।
अनुमानित निर्माण लागत रु सात अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज रु ७८ करोड रहेको आयोजनामा ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण ९पाँच अर्ब ७६ करोड०बाट लगानी जुटाइएको छ । आयोजनामा नविल बैंकको अगुवाइमा गठन भएको सह–वित्तीयकरणमार्फत ऋण लगानी हुनेछ । प्रवद्र्धक कम्पनी र बैंकबीच २०७५ भदौ ४ मा ऋण सम्झौता भइसकेको छ ।
आयोजनाबाट सुख्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद–बिक्रीका लागि प्राधिकरणसँग २०७५ भदौ ६ गते विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेको छ ।
विद्युत् बिक्रीबाट वार्षिक करीब रु एक अर्ब ८९ करोड आम्दानी हुने कम्पनीका प्रबन्ध सञ्चालक मोहन गौतमले बर्ताए । आयोजनाको विद्युत् आयोजनाको विद्युत् गृहबाट करीब तीन किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्री बी सबस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको निर्माण थालिसकेको छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











