बिपी अस्पतालको भरमा १ सय ५० होटल सञ्चालनमा
चितवन । एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् ।
अस्पतालको मुख्य प्रवेशद्वार अगाडि लहरै सानादेखि ठूलासम्म होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । यससँगै औषधि, किराना, सौन्दर्य सामग्री, फलफूलजस्ता दर्जनौँ पसल पनि अस्पतालकै भरमा चलेका छन् ।
सोही ठाउँमा होटल सञ्चालन गर्दै आउनुभएका होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ चितवनका अध्यक्ष दीपक ढकाल अस्पताल अगाडि मात्रै १४० होटल र १० वटा रेष्टुराँ रहेको बताउनुहुन्छ । चारदेखि ३२ कोठमासम्मका होटल सो ठाउँमा रहेका छन् ।
दैनिक दुई हजारभन्दा बढी क्षमताका ती होटलमा आफैँले पकाएर खानसमेत सुविधा छ । ढकालका अनुसार दैनिक रु १५० देखि रु एक हजारसम्मको कोठा होटलमा पाइन्छन् । ती होटल पूरै अस्पतालमा निर्भर छन् । ढकालले ती होटललाई वैज्ञानिक ढङ्गबाट वर्गीकरण गरी दरभाउ कायम गर्ने तयारी गरिएको बताए ।
अधिकांश होटल पारिवारिक ढङ्गबाट सञ्चालनमा छन् । विसं २०५७ मा अस्पताल स्थापनासँगै ती होटल सञ्चालनमा आएका हुन् । मुख्य बजार क्षेत्रबाट केही टाढा रहेकाले अस्पताल आउने अधिकांश बिरामी र आफन्त तिनै होटलमा बस्ने गरेको क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेले बताए । ठूला र व्यवस्थित होटल त्यहाँ नहुँदा कतिपय मुख्य बजार क्षेत्रका होटलमा पनि बस्ने गरेको उनले बताए ।
नेपालका सबै क्षेत्र र भारतबाट समेत बिरामी यहाँ उपचार गर्न आउने गर्दछन् । क्यान्सर रोगको उपचार गर्न लामो समय लाग्ने भएकाले बिरामी र आफन्त होटलमा बस्न बाध्य हुनुपर्दछ । अस्पतालभित्र बिरामी कुरुवा घर भए पनि सीमित क्षमता भएका कारण बाहिर बस्नुपर्ने हुन्छ ।
अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले ती सबै होटल रेष्टुराँ अस्पतालको भरमा सञ्चालन भइरहेको बताए । गुणस्तरीय सेवा दिएर बिरामी र आफन्तलाई सहयोग पु¥याउनुपर्ने उनको भनाइ छ । आचार्यले कुरुवा घरमा १०० हाराहारी अट्ने भए पनि दैनिक ६०० नयाँ र पुराना ३०० बिरामी आउने भएकाले होटल रेष्टुराँमा निर्भर हुनुपर्ने गरेको बताए । आचार्यले होटल रेष्टुराँसँगै अन्य व्यवसाय, निजी अस्पतालसमेतलाई यही अस्पतालका कारण सञ्चालनमा टेवा पुगेको बताए।
अस्पतालमा आउने सबै बिरामी क्यान्सरका नहुने भएकाले क्यान्सर नदेखिएका जिल्लाका अन्य अस्पतालमा जाने गरेको र क्यान्सर भएकालाई पनि अन्य समस्या देखिँदा यहीँका निजी अस्पताल र मेडिकल कलेजमा बिरामी पुग्ने गरेको उनले बताए ।
अस्पतालकै कारण समग्र जिल्लाको आर्थिक गतिविधिमा टेवा पुगेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताए । चितवनलाई स्वास्थ्य नगरिकका रूपमा विकास गर्नसके यहाँको आर्थिक क्रियाकलापमा ठूलो टेवा पुग्ने उनको भनाइ छ । क्यान्सरका बिरामीको उपचार महँगो र लामो समय लाग्ने हुँदा पनि बिरामीले यहाँ ठूलो धनराशि खर्च गर्ने गर्दछन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












