पार्टी सभापति देउवालेनै गर्ने भए नेविसंघको तदर्थ समिति गठन
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई नै दिइएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकपछि जारी विज्ञप्ति अनुसार, सभापति देउवाले आवश्यक परामर्श गरी तदर्थ समिति गठन गर्ने जिम्मा दिइएको छ।
विधान अनुसार दुई वर्षको कार्यकालभित्र मात्र होइन त्यसपछि थपिएको पाँच महिनाभित्र समेत निवर्तमान सभापति नैनसिंह महर नेतृत्वको समितिले अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न नसकेपछि उक्त समिति मंगलबारको बैठकले स्वत विघटन भएको घोषणा गर्दै उनले पछिल्लो समय गरेका सबै निर्णय खारेज गरेको थियो।
महरले राजीनामा बुझाए लगत्तै देशभरीका विभिन्न जिल्लामा मनपरी जिल्ला सभापति र पदाधिकारीदेखि सदस्यहरुको मनोनयन गरेको पत्र पठाएको सार्वजनिक भएपछि हिँजोको पार्टी बैठकमा उनले गरेका त्यी निर्णय खारेज गर्दै एकप्रकारले उनीमाथि दण्ड गरेको थियो। आजको बैठकमा पनि केहि केन्द्रीय सदस्यहरुले अनुशासन विपरित कार्य गर्ने महरमाथि कारबाहीको माग पनि गरेका थिए।
यसैबीच नेविसंघको तदर्थ समिति गठनमा नेताहरुबीच स्वार्थ बाझिएपछि तत्काल निकास निस्कने सम्भावना क्षिण बन्दै गएको छ। एकथरीले आसन्न स्ववियू निर्वाचन र महाधिवेशन सम्पन्न गर्न ३२ माथिकै केहि नेताहरु समेटेर तदर्थ समिति बनाउन नेतृत्वलाई सुझाव दिएका छन् भने कतिपयले संघको नयाँ विधान वमोजिम ३२ मुनिकै विद्याथीमध्येबाट समिति बनाउन जोड दिइरहेका छन्।
सभापति देउवाले कुन पक्षको कुराबाट प्रभावित भएर कुन नेता निकट विद्यार्थीलाई संघको नेतृत्व सुम्पिने हुन त्यो सार्वजनिक हुन बाँकी नै छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












