स्टाफ नर्स नहुँदा प्रसूति सेवा प्रभावित
बैतडी । विगत तीन महीनादेखि नर्स नहुँदा बैतडी जिल्लामा प्रसुती सेवा प्रभावित हुँदै आएको छ । चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल गएको कात्तिक महीनादेखि नर्सविहीन छ ।
अस्पतालमा हाल एक जना पनि स्टाफ नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा. जगदीशचन्द्र विष्टले जानकारी दिए । जटिल खालको प्रसूति सेवा दिन स्टाफ नर्स तालीम प्राप्त हुन्छन् ।
तर अस्पतालमा एक जना पनि नर्स छैनन् । उनले भने, “गर्भवतीको ‘अल्ट्रासाउण्ड’ सेवा पनि म नभएको बेला ठप्प हुन्छ, अल्ट्रासाउण्ड गर्ने तालीम प्राप्त नर्सको सरुवा भएपछि सेवा दिनै गाह्रो भएको छ ।”
जिल्ला अस्पतालमा जटिलत प्रसूति सेवा पनि उपलब्ध छ अर्थात शल्यक्रिया गरेर बच्चा जन्माउने महिलाहरुको लागि सेवा उपलब्ध छ । तर नर्सको अभावमा सो सेवासमेत प्रभावित हुने गरेको डाक्टर विष्टले बताए ।
उनले भने, “शल्यक्रियाका लागि डाक्टरको सहयोगीका रुपमा स्टाफ नर्सहरुले काम गर्नुहुन्छ । हामी टीम मिलेर शल्यक्रिया गर्ने हो । तर स्टाफ नर्स नै नहुँदा अनमी र म मिलेर शल्यक्रिया गरिरहेका छौँ ।”
डा विष्ट अस्पतालमा नभएको बेला गर्भको अल्ट्रासाउण्ड गर्न पुग्नेहरु रित्तो हात फर्किने गरेका छन् । अल्ट्रासाउण्ड गर्ने तालीम प्राप्त नर्सहरुको सरुवा भएपछि अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको हो । “डाक्टरहरुको पनि तीन जनाको दरबन्दी हो । तर म एक्लै छु । काम विशेषले बाहिर जाँदा अल्ट्रासाउण्ड सेवा र शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने सेवा पूर्णरुपमा अवरुद्ध हुने गरेको छ । यसले स्थानीयहरुलाई असहज भएको छ ।”
जिल्ला अस्पताल बैतडीमा जटिल प्रसूति सेवा लिन बैतडीका मात्रै नभएर छिमेकी जिल्ला दार्चुलाका विभिन्न स्थानका सेवाग्राही पनि आउने गरेका छन् । जिल्ला अस्पतालमा मात्रै नभएर प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा स्टाफ नर्सको दरबन्दी खाली छ । एक एकजना स्टाफ नर्स भएका दुवै स्वास्थ्य केन्द्रमा स्टाफ नर्स नभएको डा. विष्टले बताए ।
स्टाफ नर्स नहुँदा उपचार सेवा र परामर्श सेवा प्रभावित भएको उहाँले बताउनुभयो । उनले भने, “हामीले विभागलाई स्टाफ नर्स नभएको बारेमा जानकारी गराइसकेका छौँ । तर पदपूर्ति कहिले हुने हो ? केही थाहा छैन ।”
कर्मचारी समायोजनपश्चात स्टाफ नर्स आउनसक्ने अस्पताललले जनाएको छ । जिल्ला अस्पतालमा डाक्टर र नर्सको अभाव हुँदा बैतडीबासीले उपचारका लागि डडेल्धुरा, धनगढी तथा सीमावर्ती भारतीय शहर पिथौरागढ जानुपर्ने बाध्यता छ ।
“स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरेपछि झन् समस्या भएको छ । जताततै कर्मचारीको अभाव छ । सानोतिनो बिरामीका लागि पनि भारतीय शहर जानुको विकल्प छैन ।” दोगडाकेदार–३ श्रीकोटका राम विष्टले भने, “स्थानीयस्तरमा भएका अस्पतालहरुको स्तरोन्नती गरी दरबन्दीअनुसार डाक्टर र नर्सको पूर्ति गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । नत्र हामीले उपचारका लागि हजारौँ रुपैँया भारतमा तिर्नुपरिरहेको छ ।”
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












