जीर्ण जयवागेश्वरी भत्काउने प्रक्रिया शुरु
पूर्णप्रसाद मिश्र
काठमाडौँ । भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि जीर्ण भवन भत्काउने प्रक्रिया शुरु गरिएको छ ।
फागुन २ गते जीर्ण मन्दिर भत्काउन क्षमा पूजा गरियो । क्षमा पूजापछि जस्ताले बार लगाई जीर्ण मन्दिरका संरचना निकाल्न लागिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिए ।
पुनःनिर्माणका क्रममा तीनपटक क्षमा पूजा गरिने जनाइएको छ । भत्काउनुअघि, पुनःनिर्माण शुरु गर्नुअघि र सम्पन्न भएपछि तान्त्रिक विधिअनुसार साइत निकालेर क्षमा पूजा गरिने जनाइएको छ । मन्दिर २०७२ वैशाख १२ र २९ गतेको भूकम्प र पटकपटकको परकम्पले गजुर भत्किएको थियो । बाँकी भाग पनि चिराचिरा परेर जीर्ण बनेको थियो । कति टुँडाल खस्न थालेका थिए ।
क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि कोषले भूकम्पको एक महीना पनि नबित्दै जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनःनिर्माणको काम शुरु गर्न नसकेपछि गत वर्ष सम्झौता रद्द भयो ।
कोषले गत माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । “रु तीन करोड १४ लाखमा मन्दिर पुनःनिर्माण हुन्छ, पुरानै प्रकारका निर्माण सामग्रीको प्रयोग गरी मन्दिर बनाइनेछ, विश्व सम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐनअनुसार ऐतिहासिक मन्दिर बन्छ”, उनले भने।
भूकम्पले मन्दिर भत्किए लगत्तै पुनःनिर्माणको निवेदन दर्ता गराउनुभएका दाता शर्मा शुरुमा पुरातत्वले नक्सा र डिजाइन स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनःनिर्माण शुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पछि हट्न बाध्य हुनुपरेको बताउँछन् ।
“विभागले नक्सा स्वीकृत गर्न डेढ वर्ष लगायो, विभागले दिएको स्वीकृति फेरि कोषले स्वीकार गरेन, मैले भत्किएको सम्पदा पुनःनिर्माणमा केही सहयोग गर्न सकिन्छ कि भनेर प्रयास गरेको हुँ, यसक्रममा विभाग, विश्व सम्पदा र स्थानीयवासीको फरक फरक इच्छा भएर काममा अप्ठ्यारो भयो”, उनले भने ।
भूकम्पको चार वर्ष हुन लाग्दासम्म पनि जयवागेश्वरी मन्दिरको छानो पालले ढाकिएको थियो । टुँडाल र इँट्टा धमाधम झर्न थालेका थिए । चारैतिर चर्किएर प्वाल परेको मन्दिर ढल्ने क्षण कुरेर बसे जस्तो लाग्थ्यो । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउँदा सडक खनिएकाले मन्दिरमा थप क्षति पुग्यो । सडक नजिकै मन्दिर रहेकाले दैनिक हिँड्ने सवारी साधनले जीर्ण मन्दिरमा क्षति थपिएको थियो ।
सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चल्ने गर्छ ।
चढाइएको गरगहना लगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डन बताउँछन् । पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो । १५ सम्पदा पूर्ण रुपमा क्षति भएका थिए ।
पूर्ण क्षति भएका सम्पदामध्ये हालसम्म पाँच र आंशिक क्षति भएकामध्ये २० गरी कुल २५ सम्पदा बनाइएको निर्देशक मरासिनीले बताए । आंशिक क्षति भएकामध्ये छ वटा र पूर्ण क्षति भएका चार सम्पदा पुनःनिर्माण भइरहेको छ । बाँकी सम्पदामध्ये केही ड्रइङ डिजाइन सकी सहमतिका लाग पुरातत्व विभागमा पठाइएको कोषले जनाएको छ ।
विभागमा सहमतिका लागि पठाइएकामध्ये केही सम्पदाको स्वीकृति महीनौँ बित्दा समेत आउन नसकेको कोषका अधिकारीहरुको गुनासो छ । भूकम्पले अति प्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म २०१ वटाको मात्र पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












