कहाँ पुग्यो कर्मचारी समायोजन ? अहिलेसम्म कति कर्मचारीहरुको समायोजन भयो (विस्तृतमा)
काठमाडौं ।
फागुन ३ गतेसम्म कर्मचारीहरुको समायोजन सक्ने बताएको सरकारले सोमबारसम्म ७ हजार कर्मचारीहरुको समायोजन गरेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको कर्मचारी समायोजन महाशाखाका अनुसार सोमबारसम्म ७ हजार ३ सय ४१ कर्मचारीहरुको समायोजन सकिएको छ । जसमध्ये अधिकांशको समायोजन संघमा भएको छ ।
समायोजन सकिएका कर्मचारीहरुमध्ये संघमा ५ हजार ६ सय ९१ छ । प्रदेशमा ९ सय ७ जनाको र स्थानीय तहमा ७ सय ४३ जना कर्मचारी समायोजन भएका छन् ।
अहिले अधिकृततर्फ प्रशासन, लेखा र राजश्व समूहको समायोजन सकिएको छ । अब अधिकृतका अन्य समूहसँगै लेखापाल, सहलेखापाल, नायब सुब्बा र खरदारको समायोजनको काम पनि सुरु गर्ने तयारी रहेको कर्मचारी समायोजन महाशाखाले जनाएको छ ।
५७ सचिव सबैको संघमा समायोजन गरिएको छ । ६ सय ७६ सहसचिवमध्ये संघमा ५ सय ७४ र प्रदेशमा १ सय २ जना समायोजन भएका छन् । स्थानीय तहमा भने सहसचिवको दरबन्दी छैन ।
२ हजार ६ जना उपसचिव समायोजन भएकामध्ये संघमा १ हजार ५ सय ३१, प्रदेशमा २ सय ३७ र स्थानीय तहमा २३८ जना समायोजन भएका छन् ।
यसैगरी अधिकृततर्फ प्रशासन समूहका २ हजार ३ सय ४१ जना संघमा, ३ सय ७१ जना प्रदेशमा र १ सय ७८ जना स्थानीय तहमा समायोजन भएका छन् ।
यस्तै, लेखा समूहका ६ सय १० जना अधिकृत संघमा समायोजन भएका छन् । लेखा समूहका अधिकृत प्रदेशमाभन्दा धेरै स्थानीय तहमा समायोजन भएका छन् । स्थानीय तहमा ३ सय २७ र प्रदेशमा १ सय ९५ जना लेखा अधिकृतलाई समायोजन गरिएको छ ।
राजश्वतर्फ ५ सय ८० अधिकृतमध्ये प्रदेशमा २ जना मात्र समायोजन भएका छन् । बाँकी सबै ५ सय ७८ जना लेखा अधिकृत संघमै छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












