पाठकमाथि अख्तियारले नै अनुसन्धान गर्ने, पाठकलाई ११ वर्षसम्म जेल हुनसक्ने
अख्तियार दुरुपायोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकमाथि अख्तियारले अनुसन्धन गर्न सक्ने महान्यायाधिवक्ता कार्यालयले बताएको छ ।
सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता कार्यालयले घुसकाण्डमा जोडिएका पाठकलाई कारवाही गर्न अख्तियारलाई भनेसँगै अब अख्तियार दुरुपायोग अनुसन्धान आयोगले कारवाही प्रकृया अगाडी बढाउने छ ।
सोमबार अख्तियारले मुद्दा चलाउने कानुनी आधारका बारेमा राय माग गर्दै पत्र लेखेको थियो । अख्तियारले माग गरेअनुसार महान्यायाधीवक्ताको कार्यालयले राय पठाएको स्रोतले जानकारी दिएको छ । आयुक्तको पदबाट राजीनामा दिएका पाठकमाथि संविधान र भ्रष्टाचार निवारण ऐनका आधारमा छानबिन गर्ने राय महान्यायाधीवक्ताको कार्यालयले दिएको हो।
‘भ्रष्टाचार निवारण ऐन अनुसार पूर्व पदाधिकारीको रुपमा मुद्दा चलाउन सक्ने आधार रहेका छन्, जो भ्रष्टाचार संलग्न हुन्छ उसले उन्मुक्ती पाउन सक्दैन, ’ रायमा भनिएको छ, ‘ संविधानको धारा २३९ को उपधारा २ मा महाअभियोग लाग्ने व्यक्तिलाई पदमुक्त भएपछि अख्तियारले नै अनुसन्धान गर्न र गराउन सक्ने उल्लेख छ।’
त्यही धाराको उपधारा ३ मा त्यस्ता व्यक्तिले भ्रष्टाचार मानिने काम गरेको देखिए अदालतमा मुद्दा चलाउन सक्ने भएकाले अनुसन्धानमा वाधा नहुने रायमा उल्लेख छ ।
केही पक्षले पाठकमाथि कारबाही गर्न नमिल्ने तर्क गरिरहेका थिए। महाअभियोग लागिसकेपछि भ्रष्टाचारमा पनि कारबाही गर्न मिल्ने, नभए नमिल्ने उनिहरूको जिकिर थियो । यही विषयमा स्पष्ट हुन अख्तियारले राय माग गरेको थियो ।
अनुसन्धान गरि मुद्दा चल्न सक्ने राय महान्यायाधीवक्ताको कार्यालयले दिएपछि अख्तियारले उक्त घुसकाण्डमाथि छानविन अघि बढाउन सक्ने देखिएको छ । अख्तियारले मुद्दा अघि वढाएर विशेष अदालतमा मुद्दा दायर गरेमा पाठकलाई ११ वर्षसम्म जेल र बिगो र सो बमोजिम जरिवाना हुने देखिन्छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












