बिना मगरले भनिन्ः मेलम्चीमा कसैको गिद्धे नजर पर्न दिन्नँ
खानेपानी मन्त्री बिना मगरले आफुलाई नियोजित ढंगबाट केही मिडियाहरुले बदनाम गर्न खोजेको बताएकी छिन् । आजको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाको विषयमा जवाफ दिँदै मन्त्री मगरले आफूलाई नियोजित ढंगबाट मिडियाले बदनाम गराउन खोजेको बताएकी हुन् ।
मेलम्ची प्रकरणबारे सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले आफ्नो कार्यकालमा ठूलो उपलब्धि भएको बताएकी छिन् । उनले भनिन्, हामीले सिएमसीलाई सहयोग गरेका छौं। तर अचानक यस्तो घटना भयो। जसले सिएमसी गए। मिडियाहरुले यति रकम खाएको भन्दै समाचार लेखे तर ८४ करोड १५ लाख म आउँदा भुक्तानी भएको छ। तर केही मिडियाले नियोजित ढंगले बदनाम गराउन खोजिएको छ।’
यसैबीच सचिव गजेन्द्र ठाकुरको विषयमा मन्त्री मगरले बोल्न चाहिनन्। ‘पूर्व सचिवले के प्रश्न उठाए के उठाएन त्यो विषयमा केही बोल्न चाँहदिन। मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो। मेलम्चीमा कसैको जिद्धे नजर पर्न दिने छैन।’
आफूले बनाएको फर्मुला भित्र काम गरेको नदेखिएकोले सचिवको सरुवा भएको मगरले दाबी गरिन्।
मन्त्री मगरसँग सांसदहरु डिला संग्रौला, राजेन्द्र कुमार केसी, महेश बस्नेत, गगन थापा, प्रेम सुवाल र बहादुर सिंह लामाले प्रश्न राखेका थिए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












