रेखा थापा क्रिकेट क्लबकी मालिक बनिन्
काठमाडौं । नायिका रेखा थापा क्रिकेट क्लबकी मालिक भएकी छन् । उनले आगामी महिना विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगिताका लागि क्रिकेट टीम किनेकी हुन् ।
काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूले १४ वर्षदेखि महिलाको क्षेत्रमा काम गरेको बताउँदै महिला क्रिकेटमा पनि योदगान दिन टिम खरिद गरेको बताइन्। रेखाले टी–२० प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिम किनेकी हुन्।
कार्यक्रममा टी–२० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र मार्की खेलाडी घोषणा गरिएको छ। काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडीको रुपमा भित्रिएकी छिन्। यता विराटनगर रोअरिङको स्वामित्व अनुप सक्सेराले लिएको छन्। विराटनगरको मार्की खेलाडीमा करुणा भण्डारी छिन्।
यता भैरहवा क्विन्सको स्वामित्व अनिल भण्डारी र दीपक सुवेदीले लिएका छन्। भैरहवामा राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री बेलावसे मार्की खेलाडी बनेकी छिन्। अर्को टिम धनगढी वन्डरवुमेन हरि खनालले लिएका छन्। यो टिममा सीता रानामगर मर्की खेलाडी छिन्।
प्रतियोगितामा आगामी बैसाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुने तय छ। प्रतियोगिताका लागि अब खेलाडी भित्राउन अक्सन हुनेछ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












