गोल्डेन शु : मेस्सी ह्याट्रिक लक्ष्यमा, एमबाप्पे र रोनाल्डो पछ्याउँदै
एजेन्सी । युरोपियन क्लब फुटबलमा सन् २०१८/१९ को सिजन जारी छ । तर, युरोपियन क्लब फुटबलको लिग जारी रहदा गोल्डेन शु (सुनको जुत्ता) दाबेदार खेलाडीको चर्चा सुरु भएको छ ।
फुटबल समर्थकहरुलाई यस सिजन कसले गोल्डेन शु जित्छ भन्ने कौतुहलता जागेको छ । हरेक सिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन शु पाउने गर्छन् ।
क्लब फुटबलको चर्चित लिगहरु इन्ग्लिश प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्डेस लिगा, इटालियन सिरी ‘ए’, फ्रेन्च लिग वान क्लबका खेलाडीहरु गोल्डेन शु को दाबेदारीमा रहेका छन् ।
यस पटक गोल्डेन शु को दौडमा चर्चित खेलाडीहरु नै अगाढी रहेका छन् । साविकको विजेता लियोनल मेस्सी, केलियन एमबाप्पे, क्रिस्टियानो रोनाल्डो लगायतका खेलाडीहरु गोल्डेन शु का मुख्य दाबेदारका रुपमा आएका छन् ।
कुन खेलाडीको कति गोल ?
यस सिजन साविकको विजेता लियोनल मेस्सी मुख्य दाबेदार देखिएका छन् । बार्सिलोनाका फरवार्ड मेस्सीले यस सिजन २९ गोल गरिसकेका छन् । र, सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् ।
मेस्सी यस सिजन गोल्डेन शु जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ । मेस्सीले अघिल्ला दुई सिजन लगातार गोल्डेन शु जितेका छन् । गत सिजन ३४ गोल गर्दै मेस्सीले पाँचौ पटक गोल्डेन शु जितेका थिए । यस पटक जिते मेस्सीले छैटौं पटक गोल्डेन शु आफ्नो बनाउने छन् ।
यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेले पनि गोल्डेन शु का लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । यस सिजन मेस्सीपछि एमबाप्पेले सर्वाधिक धेरै गोल गरेका छन् ।
युवा स्टार एमबाप्पेले पीएसजीका लागि २६ गोल गरिसकेका छन् ।
यस सिजन इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पनि मुख्य दाबेदारको रुपमा हेरिएको छ । यसै सिजन युभेन्ट्स आएका रोनाल्डोले १९ गोल गरिसकेका छन् । मार्चसम्म तथ्यांकमा रोनाल्डो सर्वाधिक गोल गर्नेको पाँचौ स्थानमा छन् ।
सर्वाधिक गोलकर्ताको सूचीमा पर्दै गोल्डेन शु को दाबेदार साम्पडोरियाका फाबियो क्वागेलरेल्लाले पनि दिईरहेका छन् । यस सिजन २१ गोल गर्दै फाबियो सर्वाधिक गोल गर्नेको तेस्रो स्थानमा छन् ।
यस्तै यस सिजन सर्वाधिक गोल गर्ने खेलाडीको चौथो स्थानमा एसी मिलानका फरवार्ड क्रेजोस्टोफ पियाटेक रहेका छन् । उनले जारी सिजन १९ गोल गरिसकेका छन् । उनलाई पनि यस सिजन गोल्डेन शु को दाबेदार खेलाडीको रुपमा हेरिएको छ ।
इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरो १८ गोल गर्दै गोल्डेन शु को होडमा रहेका छन् । जारी सिजन सर्वाधिक गोलको सूचीमा अग्युरो छैटौं स्थानमा छन् ।
वायर्न म्युनिखका फरवार्ड रोबर्टो लेवान्डोस्की १८ गोल गर्दै सातौं स्थानमा छन् । १८ गोल सहित बार्सिलोनाका फरवार्ड लुइस स्वारेज आठौं, लिभरपुलका साडियो माने १७ गोलसहित नवौं र १७ गोलरहित पीएसजीका फरवार्ड एडिन्सन काभानी दशौँ स्थानमा रहेका छन् ।
यस्तै इन्ग्लिश क्लब टोटेनहमका फरवार्ड ह्यारी केन, लिभरपुलका फरवार्ड मोहमद सलाह, एट्लान्टाका दुभान जापटा,लिलीका निकोलस पेपे,आर्सनलका पेरिक एम्रिक आबुमियाङले समान १७/१७ गोल गरिसकेका छन् ।
पीएसजीका स्टार नेयमार भने यस सिजन १३ गोल गरेर शीर्ष २० भन्दा पछि रहेका छन् । म्यानचेस्टर सिटीका युवा खेलाडी रहिम स्ट्रलिङले १५ गोल गर्दै शीर्ष १५ मा भित्र अटाएका छन् ।
रियल मड्रिडका करिम बेन्जिमाले यस सिजन १३ गोल गरेका छन् । चेल्सीका इडेन हाजार्डले पनि १३ गोल गरेका छन्
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












