गोल्डेन शु : मेस्सी ह्याट्रिक लक्ष्यमा, एमबाप्पे र रोनाल्डो पछ्याउँदै
एजेन्सी । युरोपियन क्लब फुटबलमा सन् २०१८/१९ को सिजन जारी छ । तर, युरोपियन क्लब फुटबलको लिग जारी रहदा गोल्डेन शु (सुनको जुत्ता) दाबेदार खेलाडीको चर्चा सुरु भएको छ ।
फुटबल समर्थकहरुलाई यस सिजन कसले गोल्डेन शु जित्छ भन्ने कौतुहलता जागेको छ । हरेक सिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन शु पाउने गर्छन् ।
क्लब फुटबलको चर्चित लिगहरु इन्ग्लिश प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्डेस लिगा, इटालियन सिरी ‘ए’, फ्रेन्च लिग वान क्लबका खेलाडीहरु गोल्डेन शु को दाबेदारीमा रहेका छन् ।
यस पटक गोल्डेन शु को दौडमा चर्चित खेलाडीहरु नै अगाढी रहेका छन् । साविकको विजेता लियोनल मेस्सी, केलियन एमबाप्पे, क्रिस्टियानो रोनाल्डो लगायतका खेलाडीहरु गोल्डेन शु का मुख्य दाबेदारका रुपमा आएका छन् ।
कुन खेलाडीको कति गोल ?
यस सिजन साविकको विजेता लियोनल मेस्सी मुख्य दाबेदार देखिएका छन् । बार्सिलोनाका फरवार्ड मेस्सीले यस सिजन २९ गोल गरिसकेका छन् । र, सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् ।
मेस्सी यस सिजन गोल्डेन शु जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ । मेस्सीले अघिल्ला दुई सिजन लगातार गोल्डेन शु जितेका छन् । गत सिजन ३४ गोल गर्दै मेस्सीले पाँचौ पटक गोल्डेन शु जितेका थिए । यस पटक जिते मेस्सीले छैटौं पटक गोल्डेन शु आफ्नो बनाउने छन् ।
यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेले पनि गोल्डेन शु का लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । यस सिजन मेस्सीपछि एमबाप्पेले सर्वाधिक धेरै गोल गरेका छन् ।
युवा स्टार एमबाप्पेले पीएसजीका लागि २६ गोल गरिसकेका छन् ।
यस सिजन इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पनि मुख्य दाबेदारको रुपमा हेरिएको छ । यसै सिजन युभेन्ट्स आएका रोनाल्डोले १९ गोल गरिसकेका छन् । मार्चसम्म तथ्यांकमा रोनाल्डो सर्वाधिक गोल गर्नेको पाँचौ स्थानमा छन् ।
सर्वाधिक गोलकर्ताको सूचीमा पर्दै गोल्डेन शु को दाबेदार साम्पडोरियाका फाबियो क्वागेलरेल्लाले पनि दिईरहेका छन् । यस सिजन २१ गोल गर्दै फाबियो सर्वाधिक गोल गर्नेको तेस्रो स्थानमा छन् ।
यस्तै यस सिजन सर्वाधिक गोल गर्ने खेलाडीको चौथो स्थानमा एसी मिलानका फरवार्ड क्रेजोस्टोफ पियाटेक रहेका छन् । उनले जारी सिजन १९ गोल गरिसकेका छन् । उनलाई पनि यस सिजन गोल्डेन शु को दाबेदार खेलाडीको रुपमा हेरिएको छ ।
इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरो १८ गोल गर्दै गोल्डेन शु को होडमा रहेका छन् । जारी सिजन सर्वाधिक गोलको सूचीमा अग्युरो छैटौं स्थानमा छन् ।
वायर्न म्युनिखका फरवार्ड रोबर्टो लेवान्डोस्की १८ गोल गर्दै सातौं स्थानमा छन् । १८ गोल सहित बार्सिलोनाका फरवार्ड लुइस स्वारेज आठौं, लिभरपुलका साडियो माने १७ गोलसहित नवौं र १७ गोलरहित पीएसजीका फरवार्ड एडिन्सन काभानी दशौँ स्थानमा रहेका छन् ।
यस्तै इन्ग्लिश क्लब टोटेनहमका फरवार्ड ह्यारी केन, लिभरपुलका फरवार्ड मोहमद सलाह, एट्लान्टाका दुभान जापटा,लिलीका निकोलस पेपे,आर्सनलका पेरिक एम्रिक आबुमियाङले समान १७/१७ गोल गरिसकेका छन् ।
पीएसजीका स्टार नेयमार भने यस सिजन १३ गोल गरेर शीर्ष २० भन्दा पछि रहेका छन् । म्यानचेस्टर सिटीका युवा खेलाडी रहिम स्ट्रलिङले १५ गोल गर्दै शीर्ष १५ मा भित्र अटाएका छन् ।
रियल मड्रिडका करिम बेन्जिमाले यस सिजन १३ गोल गरेका छन् । चेल्सीका इडेन हाजार्डले पनि १३ गोल गरेका छन्
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











