विप्लवको गोप्य बैठक सम्पन्न, विप्लव सिन्धुली र प्रकाण्ड दाङमा रहेको कुरा झुट
काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको गोप्य कमाण्ड बैठक सकिएको छ ।
विप्लवमाथि सरकारले प्रतिबन्ध लगाएपछि आपतकालिन कमाण्ड बैठक आह्वान गरिएको स्रोतले जनाएको छ । बैठकले अबको राजनीतिक बाटो तय गर्ने भनिपनि निर्णय अति गोप्य राख्ने सहमति भएको जनाइएको छ ।
बैठक लम्बिनुको कारण आगामी रणनीति र पार्टीका आन्तरिक संगठनलाई कसरी परिचालन गर्ने भन्नेबारे निश्कर्ष निकाल्नै पर्ने भएको जनाइन्छ । मिडियामा सुरक्षा संयन्त्रलाई हवाला दिदै विभिन्न शिर्षकमा समाचार आएपनि विप्लव सिन्धुली र प्रकाण्ड दाङमा रहेको भन्ने कुरा गलत हो । पार्टीको स्थायी समिति बैठकका लागि उहाँहरु एकै स्थानमा जनताको घरमा हुनुहुन्छ । ती नेताले न्युज-नेपालसँग भने ।
यद्यपी नेकपाको बैठकले सरकारले लगाएको प्रतिबन्धले पार्टीलाई कुनै असर गर्न नसक्ने निश्कर्ष निकालेको छ । जनताको अधिकार सुनिश्चित गर्न युद्ध लड्न परे पनि तयार रहने तर युद्ध नभएर शान्ति चाहेको स्थायी समितिले जनाएको छ ।
पछिल्लो समय देशमा लुटतन्त्र खुलेआम चलेको भन्दै त्यसको भण्डाफोरको विकल्प नरहेको र जनताका अधिकारलाई खोस्ने जो कोहिमाथि कारबाही गरेरै छाड्ने प्रतिबद्धतासहित बैठक बसेको विप्लव निकट ती नेताले जनाए ।
नेता मार्ने योजना नभएको भन्दै नेकपाको उत्साह र जनताबीच भएको लोकप्रियतालाई सरकारले सहन गर्न नसकेपछि प्रतिबन्धको नाटक मञ्चन गरेको बैठकले दाबी गरेको छ । चन्दा माग्ने अधिकार नैसर्गिक भएको र मुलुकमा ड्वेल (दुईवटा) राज्यसत्ता संचालनमा रहेकाले चन्दा अनिवार्य तिर्नै पर्ने उनीहरुको दाबी छ ।
यस्तै, विप्लवले अबको बाटो के भन्नेबारे कमाण्ड बैठकबाट आएका सुझाव संकलन भएर निर्णय गरिएपनि गोप्य राख्न निर्देशन दिएको र पार्टीका कमिटिका सदस्यलाई विस्तारै सर्कुलर जारी गरेर अगाडी बढ्ने तयारी थालेका छन् । यसलगत्तै पार्टीको आन्तरिक नियम अनुसार सर्कुलर जारी भएको र सम्पूर्ण शक्तिको मापनका साथै आफनो उपत्थिति जनाउने बारे केहि समयपछि सार्वजनिक अपिल गरेर जान सक्ने ती नेताले जनाए।
विभिन्न चरणमा बैठकहरु सम्पन्न गर्ने गरि रणनीति तय गरेको र सरकारले प्रतिबन्ध फिर्ता नलिए यसको परिणाम गम्भिर हुने भन्दै नेकपामा आन्तरिक सर्कुलर जारी गरेर कार्यकर्तालाई तयार रहन निर्देशन दिने क्रम जारी रहेको समेत ती नेताले स्विकार गरे । तर, सरकारले पछिल्लो समय उत्तेजित भएर गम्भिर आरोप लगाउदै गएको र जनताले राम्ररी बुझेकाले सहजै काम गर्न सकिएको समेत उनको दाबी छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












