व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ
सप्तरी । सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ ।
सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरी कारवाही थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बोदेबर्साइन नगरपालिका–५ मा तयारी शृङ्गार र कपडा पसल सञ्चालन गरिबसेका हकलाई गत फागुन २५ गते पसलबाट घर फर्कने क्रममा बाटाबाटै अपहरण गर्न खोजिएको थियो ।
अपहरण गरी भारततर्फ लैजान लागेको बेला सीमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेपछि अपहरणकारी भागेको र आफ्नो ज्यान जोगिएको हकले बताउनुभयो । सीमा सुरक्षा बलका भारतीय प्रहरीले समेत सो कुराको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।
पसल बन्द गरी मोटरसाइकलबाट घर फर्किरहेका बेला हतियारसहित नकाव लगाएका आठ–दश अपहरणकारीले कुटपिट गरी अपहरण गर्न खोजेको हकले बताए । “अपहरणकारीसँग कटुवा पेस्तोलसमेत रहेको थियो, गम्छाले हात बाँधेर डाकनेश्वरीको हटेल हुँदै भारतको लौकहीतर्फ लैजान लागेको बेला भारतीय प्रहरीको टोलीका कारण म जोगिएँ”, उनले भने ।
कुटपिटबाट घाइते हकको पिँठ्युभरि निलडाम लागेको छ भने टाउको फुटेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराइनुभएका हकको हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











