एकाएक सेनाले किन निकाल्यो यस्तो विज्ञप्ती (हेर्नुहोस् विज्ञप्तीसहित)
काठमाडौं ।
विप्लव समूहमाथि सरकारले प्रतिवन्ध लगाएसँगै नेपाली सेना परिचालन गरिएको समाचारहरु सार्वजनिक भएपछि नेपाली सेनाले प्रष्टिकरण दिएको छ ।
विभिन्न सञ्चारमाध्यमहरुमा कालिकोट लगायतका जिल्लामा सेना गाउँ पस्यो जस्ता समाचार आएपछि सेनाले एक विज्ञप्ती जारी गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
सेनाले आफ्नो विषयमा भएका समाचारहरु भ्रामक भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । सेनाले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘नेपाली सेना अहिले पूर्वनिर्धारित तालिम, सैन्य अभ्यास र स्वास्थ्य शिविरमा केन्द्रित रहेको छ ।
वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्वनिर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेना आग्रह गर्दछ ।’
विज्ञप्तीमा अगाडी भनिएको छ, ‘नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग छ । सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँदछौँ ।’
विगत केही दिनदेखि आधिकारिक श्रोतले दिएको औपचारिक सूचनाबाहेक पनि विभिन्न सैनिक स्रोतको हवाला दिँदै केही सञ्चार माध्यमहरुले नेपाली सेनासम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरु गरेको भन्दै विज्ञप्तिमा गुनासो गरिएको छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











