साफ महिला फुटबलः उपाधी चुम्न नेपाली चेली तयार
विराटनगर । साफ महिला च्याम्पएनसिप फुटबल उपाधिका लागि नेपाले आज भारतसँग मुकाबिला गर्दैछ ।
नेपालले भारतलाई परास्त गर्ने भन्दै समर्थकले क्याम्पिएन नै गरेपछि खेलाडी समेत हाैसिएका छन् ।
विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजे सुरु हुने फाइनल खेलमा नेपाललाई उपाधि उचाल्ने माैका र घरेलु दर्शकको साथ छ । चौथो पटक भारतविरुद्ध साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रतिस्पर्धा गर्न लागि रहेको नेपाल आफ्नै भूमिमा उपाधि उचाल्न चाहन्छ ।
डिफेन्डिङ च्याम्पियन भारत साफ च्याम्पियनसिपको पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म भारतले कुनै खेल हारेको छैन । तर भारतको यस्तो रेकर्डलाई ब्रेक गर्दै यो पटकको साफ च्याम्पियन बन्ने उद्देश्यमा छ नेपाली टिम ।
प्रशिक्षक हरि खड्काले समेत नेपाली खेलाडी फिट एण्ड फाइन छन् । मनोबल उच्च छ यसका साथै उनीहरु खेललाई गम्भिर रुपमा लिएर दतर्क भएर खेल्ने गरेका छन् ।
भारत नेपालभन्दा कमजोर चाहिँ छैन । जारी साफ च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गर्दा भारतले तीन खेलमा १५ गोल गरिसकेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ६-० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा श्रीलंकालाई ५-० र सेमिफाइनलमा बंगलादेशलाई ४-० गोलअन्तरले पराजित गरेको थियो ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











