सगरमाथाको काखमा सडक बन्दै
काठमाडाैं । चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पु¥याउने गाउँपालिकाले जनाएको छ ।
जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै छ ।
अबको केही दिनमै गाउँपालिका–१ स्थित खरिखोलामा सडक पुग्ने गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । उनका अनुसार अहिले माप्यदूधकोशी गाउँपालिका–१ जुभिङको बुम्बुरीसम्म सडक पुगिसकेको छ भने खरिखोला पुग्न करीब चार किलोमिटर बाँकी छ । “सगरमाथाको काखमा सडक पुग्यो भन्दा फरक पर्दैन”, प्रवक्ता शेर्पाले भने, “सदरमुकाम सल्लेरीदेखि बुम्बुरीसम्म सवारीसाधन सञ्चालन भइसकेको छ ।”
उनका अनुसार माप्यदूधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त लगानीमा सडकको ट्र्याक खोल्ने काम भइरहेको छ । ट्र्याक खोल्न दुई गाउँपालिकाले रु ३९÷३९ लाख लगानी गर्ने सहमतिपत्र नै तयार गरेर काम अघि बढाइएको छ । रकम अपुग भए पुनः खर्च विवरणअनुसार दुवै गाउँपालिकाले बराबरी लगानी गर्ने सहमति भएको माप्यदूधकोशी गाउँपालिका प्रमुख बुद्धिकिरण राईले जानकारी दिए । विकास निमार्णमा दुई गाउँपालिका एक भएर अगाडि बढ्ने सहमति भएको उहाँको भनाइ छ ।
सरदमुकाम सल्लेरीदेखि ३० किलोमिटरमा रहेको माप्यदूधकोशी–२ अँधेरीसम्म यसअघिनै सडक पुगिसकेको थियो भने वडा नं १ हुँदै खुम्बुपासाङल्हामुको वडा नं १ को बुक्सासम्म ४० किलोमिटर सडक यस वर्ष निर्माण गरिनेछ । लुक्लासम्मको बाँकी करीब ३० किलोमिटर सडक आगामी आर्थिक वर्षमा निर्माण गरिने प्रवक्ता शेर्पाले जानकारी दिए।
लुक्लामाथि सडक नलान सुझाव
पर्यटकीय हिसाबले विश्वमै चर्चित ‘एभरेष्ट रिजन’मा घुम्ने पर्यटकलाई थप आकर्षित गर्न खुम्बुपासाङल्हामु गाउँपालिका केन्द्रसहित लुक्लाभन्दा माथि नलैजान पर्यटन व्यवसायीले सुझाव दिएका छन् । सडकमार्गलाई लुक्लाभन्दा माथि लगेमा खुम्बुको पर्यटनलाई यथावत राख्न नसकिने हाइस्प्रिट ट्रेक्स एण्ड एक्सपिडीसन नेपाल प्रालिका सञ्चालक शिवबहादुर बस्नेतले बताए ।
उच्च हिमाली क्षेत्रमा जाँदा अधिकांशलाई स्वास्थ्य समस्यासमेत देखिने हुँदा एकैपटक उचाइमा जान उपयुक्त नहुने यस क्षेत्रमा आबद्ध व्यक्तिको भनाइ छ । विसं २०५५ देखि पर्यटन क्षेत्रमा आबद्ध भई ‘आइसफल’ चिकित्सकको समेत भूमिका निर्वाह गरिसक्नुभएका याङ्दा शेर्पाले लुक्लादेखि पदमार्ग शुरु हुँदा ‘हाइअल्टिच्युट’को हिसाबले उपयुक्त हुने बताउछन् । एक्कासि उच्च स्थानमा पुग्दा स्वास्थ्य समस्या देखिन्छ । “काठमाडौँको तापक्रम र लुक्लाकै तापक्रम धेरै फरक पर्ने हुँदा एक्कासि उच्च क्षेत्रमा पुग्नु राम्रो होइन”, शेर्पाले भने, “हामी सगरमाथा जाने बाटो बनाउने भए पनि लुक्लाबाट एक्कासि सगरमाथा आधार शिविर हेलिकप्टरमा पुग्यो भने हामीलाई पनि टाउको दुख्नेलगायतका समस्या देखापर्छ ।”
त्यहाँको मौसम र पर्यटकको स्वास्थ्यलाई ध्यान दिँदा लुक्लाभन्दा माथि सवारीसाधनमा पुग्नु उपयुक्त नहुने आरोहीको भनाइ छ । हिमशृङ्खलाको दृश्यावलोकनका लागि समेत लुक्लादेखि पैदलयात्रा उपयुक्त हुने हुँदा सडक निर्माणमा सोहीअनुसार ध्यान दिन आवश्यक रहेको सगरमाथा आरोही किताबसिं तामाङको भनाइ छ । सगरमाथा क्षेत्रको साख जोगाउन राज्यले ध्यान दिनुपर्ने आरोही तामाङले बताए ।
आधार शिविर पुग्न सात क्याम्प
लुक्लादेखि सगरमाथा आधारशिविर पुग्न पर्यटकका लागि सात क्याम्प आवश्यक रहेको छ । लुक्लाबाट शुरु भएको पदयात्रा फाग्दिङ, नाम्चे, तेङ्बोचे, दिङबुचे वा फेरुचे, लुबुचे, गोरप्सेपदेखि आधार शिविर पुग्छ । सगरमाथा आधार शिविरबाट अधिकांश पर्यटक फर्कन्छन् भने केही आरोही सगरमाथाको शिखरतर्फ लाग्छन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











