‘तपाइँलाई महत्व नलाग्ने सूचना कतै आपराधिक गतिविधिका त होइनन्’
काठमाडौं ।
समाजमा हुने कुनै पनि गतिविधिको पहिलो साक्षी स्थानीयवासी नै हुन्छन् । घटना हुँदा प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार स्थानीयवासीको भनाइलाई नै लिएका हुन्छन् ।
समुदायको भरपर्दो सूचनाले धेरै घटनाका चुरो पत्ता लगाएर दोषीलाई कानूनी कारवाही गरिएका उदाहरण छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पनि समुदायसँगको सहकार्यमा मात्रै आपराधिक घटना न्यूनीकरण हुने विश्वास छ ।
“तपाइँहरुलाई महत्व नलागेका सूचना कतै आपराधिक क्रियाकलाप गर्ने उद्देश्यले त प्रेरित छैनन्, त्यस्ता महत्वहीन सूचना हामीलाई दिनुहोस्, हामी त्यसको पनि अनुसन्धान गर्छौं”, क्षेत्रीले समुदायलाई लक्षित गर्दै भने ।
समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न महानगरीय प्रहरी परिसर काठमाडौँले समुदायसँग मिलेर आजदेखि शुरु गरेको घरदैलो अभियानका क्रममा उनले स्थानीयवासीसँग कुनै शङ्कास्पद गतिविधि भएको देखिएमा प्रहरीलाई खबर गर्न अनुरोधसमेत गरे ।
समुदायसँग सहकार्य गरी सूचना सङ्कलन गर्ने लक्ष्यसहित काठमाडौँका सबै स्थानीयतहमा आजदेखि एकैसाथ ‘घरदैलो’ अभियान थालिएको परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।
आवश्यक प्रहरी अधिकारीको सम्पर्क नम्बरसहितको प्रचार सामग्री घरघरमा वितरण र टाँस गर्दै समुदायसँग सम्बन्ध विस्तार गर्न उक्त अभियान थालिएको हो ।
काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत शुरु भएको घरदैलो कार्यक्रमअन्तर्गत काठमाडौँ उपत्यकाका आठ लाख बढी घरमा पुगेर सचेतनाका विषय उल्लेख गरिएको स्टिकर टाँस गर्न थालिएको जानकारी दिए । समुदायको सहयोगमा मात्रै अपराध नियन्त्रण गर्न सकिने भएकाले घरदैलोलाई प्राथमिकता दिन लागिएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वसन्तपुरका दिनेशमान जोशीको घरमा स्टिकर वितरण गरेर अभियानको थालनी भएको घोषणा गए । घरभित्र सबैको पहुँच पुग्ने स्थानमा टाँस गर्दा समाजमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । “यो अभियान नितान्त सुरक्षा कायम गर्नका लागि हो, कुनै कर उठाउनका लागि होइन, तपाइँहरुले सहजरूपमा सूचना दिनुहोस्, जसले ठूला घटना रोक्न सहयोग गर्छ”, शाक्यले समुदायसँग भने ।
घरदैलोसँगै प्रहरीले समुदायसँग मिलेर सडक मानव, सडक बालबालिकामा र मगन्तेलाई जनचेतना र उद्धारमार्फत दिगो र प्रभावकारी व्यवस्थापनको कार्ययोजना बनाई कार्यान्वयन गर्ने, महिला हिंसा, महिला तथा बालबालिकाविरुद्धको अपराध, साइबर अपराध, सवारी साधन दुर्घटना न्यूनीकरण, मदिरा तथा लागुपदार्थ प्रयोगबारे अभिभावकको दायित्व विषयमा अभिमुखीकरण गर्ने कार्यक्रम तय गरेको छ ।
जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले सबै जनप्रतिनिधिलाई कार्यक्रममा सरिक गराउन सके थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । घरदैलो कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले काठमाडौँका हरेक स्थानीय तहमा आज एकैसाथ घरदैलो अभियान चलाइएको जानकारी दिँदै तीन महीनासम्म चल्ने अभियानले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । आवश्यक परे अभियानलाई थप गर्न सकिने श्रेष्ठको भनाइ थियो ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











