गिरिजाप्रसाद पुरस्कार श्रेष्ठ तथा मदन भण्डारी पुरस्कार घिमिरे र जोशीलाई
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लबद्वारा स्थापित विभिन्न पुरस्कार आज आयोजित कार्यक्रममा प्रदान गरेका छन् ।
यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधान सम्पादक एवं प्रकाशक पुष्करलाल श्रेष्ठलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु एक लाख सहित प्रमाणपत्र छ । प्रधानसम्पादक श्रेष्ठ अस्वस्थ्य हुनुभएकाले सो पुरस्कार सो पत्रिकाका कार्यकारी सम्पादक दीपक रिजालले ग्रहण गरे ।
त्यस्तै ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ ‘रिपब्लिका’ अङ्ग्रेजी दैनिकका प्रधानसम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । सो पुरस्कारको राशि जनही रु ५०÷५० हजार छ । ‘वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार’ ‘कान्तिपुर दैनिक’का सहायक वरिष्ठ उपसम्पादक राजेश मिश्रलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २५ हजार छ ।
यसैगरी ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ क्रान्तिकारी पत्रकार सङ्घका संस्थापक अध्यक्ष एवं प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २५ हजार छ ।
त्यस्तै ‘शहीद जगतजङ्ग शाह स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार डिल्ली बसेल, ‘रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकार सन्तोष न्यौपाने, ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७५’ ‘राजधानी’ दैनिकका समाचार सम्पादक ध्रुव लम्साल र ‘क्रियाशील महिला पत्रकारिता पुरस्कार’ पत्रकार उषाकिरण कँडेललाई प्रदान गरियो ।
प्रधानमन्त्री ओलीले कार्यक्रममा सञ्चार उद्यमी रामेश्वर थापा, भरतपुर उपमहानगरपालिका प्रमुख रेनु दाहाल, गैरआवासीय नेपाली महासङ्घका अध्यक्ष भवन भट्टलगायतलाई सम्मानसमेत गरेका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












