रुकुम पूर्वको पोखरामा बर्थिङ सेन्टर आजदेखि संचालनमा
रुकुम पूर्व । कान्छो जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिकाको वडा नम्बर ३ मा बर्थिङ सेन्टर संचालनमा ल्याइएको छ ।
सिस्ने गाउँपालिकाको पोखरामा बर्थिङ सेन्टरको आैपचारीक उद्घाटन भएसँगै सेन्टरले आजदेखि सेवा प्रवाह गर्ने भएको हो । यसका साथै, वडापालिकाको भवन समेत उद्घाटन गरिएको छ ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कुमारी बराल, वडापालिका अध्यक्ष पशुपति खड्का, स्वास्थ्य चाैकी प्रमुख सिनियर अहेव ज्ञानी वलि लगायत सर्वसाधारको उपस्थिति रहेको स्थानिय शिक्षक शुनिल खड्काले जनाएका छन् ।
बर्थिङ सेन्टर संचालनमा आएपछि त्यस क्षेत्रका सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउनु नरपर्ने विश्वास लिएको गाउँपालिका अध्यक्ष बरालले जनाइन् । उनले भनिन, उद्घाटन गरेर मात्रै हुँदैन यसलाई निरन्तरता दिन सक्नु पर्छ । गाउँपालिका सधै जनताको पक्षमा काम गर्न तयार छ । अब रुकुमकोट-पोखरा लगायत अन्य स्थानमा सेवा प्रवाह गर्ने गरि एम्बुलेन्स सेवा समेत संचालनमा ल्याइने छ ।
ऐभान केसीले स्वागत मन्तव्य राखेपछि सुरु भएको कार्यक्रममा उपस्थित सर्वसाधारणले खुशी व्यक्त गर्दै लाभ लिन सकिने धारणा व्यक्त गरेको स्थानिय युवा भरत खड्काले जनाएका छन् ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












